Posts

Showing posts from July, 2025

“गणतन्त्र अगाडि र पछाडिको नेपालः तुलनात्मक अध्ययन” कृति लोकार्पित

Image
  काठमाडौं, ७ साउन। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता तथा सरोकार आफूहरूलाई नै रहेको स्पष्ट गर्नुभएको छ। बुधबार मार्क्सवादी ज्ञान केन्द्रद्वारा काठमाडौँमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपालः तुलनात्मक अध्ययन’ नामक अनुसन्धानात्मक कृतिको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि हाल प्रश्न उठ्न थालेपछि त्यसको संरक्षण र सुदृढीकरणप्रति गम्भीर चासो व्यक्त गर्नुभएको हो। उहाँले आन्दोलनको स्मरण गर्दै भन्नुभयो, “बच्चा जन्माउने आमालाई जति माया हुन्छ, त्यति अरूलाई हुँदैन। गणतन्त्रप्रति प्रश्न उठेपछि हामीले काठमाडौंमा विशाल प्रदर्शन त्यसैगरी मात्रै गरेका थिएनौं, त्यो हाम्रो संकल्प र सरोकारको अभिव्यक्ति थियो।” अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनको योगदानबाट महिला, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू आज संस्थागत भएको उल्लेख गर्दै ती अधिकारहरू अब उल्ट्याउन नसकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले पछिल्ला दिनमा गहिरो अध्ययन, चिन्तन,...