प्रदेश भेलाहरू सम्पन्न, अध्यक्षहरू अनुमोदित



काठमाडौँ, १ असोज। भदौ १५ गते मार्क्सवादी ज्ञान केन्द्रको केन्द्रीय अधिवेशन सम्पन्न भएपश्चात् केन्द्र प्रदेश अधिवेशनमा सक्रिय भएको छ। 

मंगलबारसम्म केन्द्रले लुम्बिनी, कोशी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न गरेको छ। भेलाले लुम्बिनीमा गेहेन्द्र ढकाल, कोशीमा सीता कडरिया, सुदूरपश्चिममा राजुराम सार्की भुल, कर्णालीमा जयशंकर धिताल र गण्डकीमा भीम सुवेदीले अध्यक्षमा अनुमोदन गरेको छ।

प्रदेश अध्यक्षहरू केन्द्रले नै मनोनित गर्ने विधानको व्यवस्थाबमोजिम मधेश प्रदेशमा भुपनारायण यादव र बागमती प्रदेशमा सागर अधिकारी प्रदेश अध्यक्षमा चयन भइसकेका छन्। मधेश र बागमती प्रदेशमा भेला हुन बाँकी रहेकाले प्रदेश अध्यक्षको अनुमोदन र प्रदेश पदाधिकारी हेरफेर हुन बाँकी छन्।

प्रदेशका भेलाहरूलाई मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष मनहरि तिमिल्सिना लगायत पदाधिकारी र सल्लाहकारहरूले दिशानिर्देश गर्नुभएको थियो। भेलामा प्रदेशमा क्रियाशील कम्युनिस्ट पार्टीका नेताहरूले शुभकामना मन्तव्य दिँदै मार्क्सवादी ज्ञान केन्द्रसँग मिलेर काम गर्न आफूहरू तयार रहेको बताउनुभयो।

भेलाले प्रदेशमा कक्षा सञ्चालन, विभिन्न विषयमा बहस सञ्चालन, रचनात्मक क्रियाकलाप, जिल्ला शाखा बिस्तार लगायतका निर्णयहरू गर्दै वार्षिक कार्ययोजना समेत निर्माण गरेको छ।

Comments

धेरै पढिएका

लोकप्रियतावाद पुँजीवादी विचारकै एक आयामः वक्ताहरू

अनुसन्धानका बाँकी काम एक महिनाभित्र टुङ्ग्याउने निर्णय

गुगल मिट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न