Posts

Showing posts with the label समाचार

गोष्ठीमा वक्ताहरूको जोडः “गणतन्त्रसँग राजतन्त्रको तुलना हुनै सक्दैन”

Image
वैशाख २०, काठमाडौं– पूर्वसभामुख एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्नेमा जोड दिनुभएको छ। मार्क्सवादी ज्ञान केन्द्रले शनिबार आयोजना गरेको ‘गणतन्त्र अगाडि र पछाडिको नेपालः तुलनात्मक अध्ययन’ शोधग्रन्थमाथिको पृष्ठपोषण कार्यक्रममा उहाँले राष्ट्रिय दृष्टिकोण निर्माणमा दलहरूबीच बहस हुन नसक्नु दुःखद भएको बताउनुभयो। पूर्वसभामुख सापकोटाले समाजवाद नै अहिलेको सर्वोत्कृष्ट राजनीतिक व्यवस्था भएकाले राष्ट्रिय पुँजीको विकास गरेर त्यसतर्फको यात्रा अघि बढाइनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘संविधानसभाबाट जारी संविधानमा समाजवादउन्मुख राज्य व्यवस्था हुने भनेर उल्लेख गरिएको छ, यो ठूलो उपलब्धि हो, अब संविधानमा टेकेर वैज्ञानिक समाजवादका लागि सङ्घर्ष गर्नुपर्छ।’ राजनीतिक परिवर्तन पछाडि जनअपेक्षाअनुसार आर्थिक सामाजिक रूपान्तरण नभएको स्वीकार्दै उहाँले गणतन्त्र र राजतन्त्रबीच कुनै हालतमा तुलना गर्न नमिल्ने बताउनुभयो। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले राष्ट्रिय मुद्दामा पक्ष–विपक्ष नभई दलहरू...

डिस्कोर्समा वक्ताहरूः “शिक्षामा लगानी बढाउँ, ऐन छिटो जारी गरौँ”

Image
  मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा नेपाल शिक्षक महासंघको आन्दोलनका सन्दर्भमा “संघीय शिक्षा ऐनः चुनौती र समाधान” विषयक भर्चुअल डिस्कोर्स शनिबार बिहान सम्पन्न भएको छ। भर्चुअल डिस्कोर्समा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सदस्य दीपा शर्मा, नेपाल शिक्षक महासंघका उपाध्यक्ष देवीदत्त पौडेल, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, स्वतन्त्र विद्यार्थी यूनियन पद्मकन्या क्याम्पसका सभापति भूपी ऐर, बाल अधिकार परिषदका उपाध्यक्ष बम बानिया, मार्क्सवादी ज्ञान केन्द्रका वरिष्ठ उपाध्यक्ष इन्द्रराज भट्टराई लगायतले आफ्नो धारणा राख्नुभएको थियो। डिस्कोर्समा बोल्दै पूर्वमन्त्री पोखरेलले आफू शिक्षामन्त्री हुँदा नै आयोग बनाएर माध्यमिक शिक्षा विधेयकको मस्यौदा तयार पारेर प्रधानमन्त्रीलाई बुझाएको स्मरण गर्दै ऐन जारी गर्न आफूहरूले नियमित दवाव सिर्जना गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिलेको प्रधानमन्त्री के...

विज्ञहरूसँग मार्क्सवादी ज्ञान केन्द्रको अन्तरक्रिया

Image
काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले 'गणतन्त्र अगाडि र पछाडिको नेपालको तुलनात्मक अध्ययन' सम्बन्धी शोधकार्यका निम्ति विषय विज्ञहरूसँग अन्तरक्रिया गरेको छ। काठमाडौंमा शुक्रबार विज्ञहरूसँग संक्षिप्त अन्तरक्रिया गरेको हो।  ज्ञान केन्द्रले 'गणतन्त्र अगाडि र पछाडिको नेपालको तुलनात्मक अध्ययन' पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ। पुस्तकमा समावेश हुने विषयवस्तुमाथि विज्ञको सुझाव लिन र सोही आधारमा शोधकार्य अगाडि बढाउन विज्ञसँग ज्ञान केन्द्रले अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो। मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले 'गणतन्त्र अगाडि र पछाडिको नेपालको तुलनात्मक अध्ययन'लाई वैशाखसम्म अन्तिम रूप दिने गरी शोधकार्यलाई अगाडि बढाइने जानकारी दिनुभयो। उहाँले देशले उपलब्धि हासिल गरेको र गर्न नसकेका महत्त्वपूर्ण क्षेत्रहरूको जानकारी पुस्तकमा समावेश गरिने बताउनुभयो। पुस्तक विगत र वर्तमानको समीक्षाको साथै भविष्यको दिशानिर्देश गर्न सक्ने महत्त्वपूर्ण सन्दर्भ सामग्री बन्ने उहाँको विश्वास थियो। ज्ञान केन्द्रका सल्लाहकार डा. निमानन्द रिजालले 'गणतन्त्र अगाडि र पछा...

भ्रष्टाचार नियन्त्रणको सूत्र नीतिगत सुधार

Image
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री एवं पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न नीतिगत सुधार पहिलो सर्त भएको बताउनु भएको छ। मार्क्सवादी ज्ञान केन्द्रले सुरु गरेको २३ औँ चरणको अनलाइन कक्षाको उद्घाटनका सन्दर्भमा आयोजित 'नेपालमा भ्रष्टाचार : चुनौती र नियन्त्रणका प्रयासहरू' विषयक भर्चुअल डिस्कोर्समा उहाँले यस्तो बताउनु भएको हो। नीतिगत सुधारको लागि राजनीतिक दल संवेदनशील ढङ्गले लाग्नुपर्ने उहाँको भनाइ थियो। सांसद श्रेष्ठले राजनीतिक अस्थिरताको कारण नीतिगत सुधार हुने अवस्था नरहेको पनि दाबी गर्नुभयो। भ्रष्टाचार नियन्त्रणमा राजनीतिक दलले प्रतिबद्धताका साथ काम गर्न लागे भ्रष्टाचार अन्त्य गरी सुशासन कायम हुने उहाँको विश्वास छ। केही व्यक्तिको स्वार्थका कारण नीतिगत भ्रष्टाचार बढिरहेको चर्चा गर्दै सांसद श्रेष्ठले नीतिगत भ्रष्टाचार रोक्न दलहरूले सांसदहरूलाई नियन्त्रण गर्नसक्ने पर्ने भनाइ राख्नुभयो। 'पार्टीहरूले आफ्ना सांसदलाई भ्रष्टाचार गर्न नदिने हो भने त्यही व्यक्ति संसदमा र त्यही व्यक्ति पार्टीको महत्त्वपूर्ण पदम...

अनुसन्धानका बाँकी काम एक महिनाभित्र टुङ्ग्याउने निर्णय

Image
काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले अघिल्लो वर्षको बाँकी अनुसन्धानका कार्य तीव्र गतिमा अगाडि बढाउने निर्णय गरेको छ। सोमबार साँझ भर्चुअल माध्यमबाट बसेको अनुसन्धान कार्य सम्पन्न गर्न गठित कार्यदलको बैठकले अनुसन्धानका बाँकी कार्य एक महिनाभित्र निष्कर्षतर्फ लैजाने निर्णय गरेको छ।  बैठकले त्यसको लागि कार्यदलका सदस्यहरूको केही जिम्मेवारीमा हेरफेर र जिम्मेवारी तोक्ने काम पनि गरेको छ। अनुसन्धानका कामलाई निष्कर्षमा पुर्‍याउन मार्क्सवादी ज्ञान केन्द्रमा आवद्ध विज्ञहरूको सहयोग लिने पनि निर्णय गरेको छ। अनुसन्धानका विषयवस्तुमा अभिमत लिने कार्यको जिम्मेवारी कार्यदलका सदस्य दुस्यान्त भट्टराई र आस्था घिमिरेलाई सुम्पिएको छ।  त्यस्तै, अनुसन्धानका विषयहरूको पाण्डुलिपि र शोध आलेख लेखन कार्यको लागि कार्यदलका सदस्यहरू अध्यक्ष तिमिल्सिना, डा. निमानन्द रिजाल, विशेश्वर कट्टेल, जानुका पराजुली, त्रिविक्रम ज्ञवाली र रेशमकुमार अधिकारीलाई जिम्मेवारी तोकेको छ। जिम्मेवारी पुरा गर्न मङ्सिर २५ गतेसम्मको समय दिइएको छ।  बैठकमा अध्यक्ष तिमिल्सिनाले अनुसन्धानका कार्यलाई सम्पन्न गर्न जिम्मेवार ढङ्गले लाग्न न...

कम्युनिस्ट ज्ञानकोश पुस्तक बजारमा

Image
  काठमाडौँ। मार्क्सवादी  ज्ञान केन्द्रद्वारा प्रकाशित पुस्तक “कम्युनिस्ट ज्ञानकोश” बजारमा आएको छ। मनहरि तिमिल्सिना प्रधान सम्पादक र विश्वेश्वर कट्टेल, इन्दिरा न्यौपाने, कार्ल विक्रम थापा, कुलचन्द्र अर्याल, आस्था घिमिरे, आशिष भूर्तेल, मनोज शर्मा, केशव ज्ञवाली सम्पादक मण्डल रहनुभएको पुस्तक यसै साता बजारमा आएको हो। ७२८ पृष्ठ रहेको उक्त पुस्तकको बितरकमा इन्डिको इन्क प्रकाशन गृह रहेको छ। पुस्तक २४ भागको संरचनामा रहेको सम्पादक मण्डलका सदस्य विश्वेश्वर कट्टेलले जानकारी दिनुभयो। पुस्तकमा नेपाल सरकारका प्रधानमन्त्रीको हैसियतले पुष्पकमल दाहाल “प्रचण्ड”ले मन्तव्य दिनुभएको छ। पुस्तकमा २४ भाग छन्, जसमा पारिभाषिक राजनीतिक शब्दहरू, केही महत्वपूर्ण युक्तिहरू, दर्शनसम्बन्धी विषयहरू, विश्वप्रसिद्ध चिन्तकहरू, राजनीतिक अर्थशास्त्र सम्बन्धी विषयहरू, वित्तीय साक्षरता, वैज्ञानिक समाजवाद सम्बन्धी विषयहरू, विश्वप्रसिद्ध व्यक्तित्वहरू, नेपालको परिचय र इतिहास, नेपालको प्रशासनिक विभाजन, नेपालको संविधान र कानुनहरू, विश्व कम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख उपल...

अभिमुखीकरण बैठकः वार्षिक कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय

Image
 काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले मार्क्सवादी दर्शनको अध्ययन संस्कृतिलाई अझ सशक्त ढङ्गले अघि बढाउने निर्णय गरेको छ। ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा बुधबार साँझ भर्चुअल माध्यमबाट बसेको मार्क्सवादी ज्ञान केन्द्रको केन्द्रीय समिति र प्रदेश पदाधिकारीहरूको संयुक्त बैठकले अध्ययनका कार्यलाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको हो। बैठकले अध्ययन संस्कृतिको विकाशका लागि मार्क्सवादी ज्ञान केन्द्रलाई जिल्ला तहसम्म बिस्तार गर्ने निर्णय पनि गरेको छ। ज्ञान केन्द्रले उक्त कार्यको लागि प्रदेश शाखाहरूलाई जिम्मेवारी सुम्पेको छ। प्रत्येक प्रदेश शाखाले आगामी आर्थिक वर्षभित्र तीन जिल्लामा शाखा बिस्तार गर्ने, जिल्लामा समन्वय गर्ने संयन्त्र बनाउने निर्णय गरेको छ। मार्क्सवादी ज्ञानप्रति रूचि बढाउने गरी ज्ञान केन्द्रका सबै शाखाहरूले अध्ययनका कार्यक्रम सञ्चालन गर्ने, अध्ययन संस्कृतिलाई प्रवर्धन गर्ने रचनात्मक कार्यक्रमको आयोजना गर्ने, पठनपाठनका भौतिक तथा भर्चुअल कार्यक्रम सञ्चालन गर्ने, अध्ययन समूहलाई वैचारिक लेख रचनाको निम्ति प्रोत्साहित गर्ने, मार्क्सवादी दर्शनसम्बन्धी पुस...

प्रदेश भेलाहरू सम्पन्न, अध्यक्षहरू अनुमोदित

Image
काठमाडौँ, १ असोज। भदौ १५ गते मार्क्सवादी ज्ञान केन्द्रको केन्द्रीय अधिवेशन सम्पन्न भएपश्चात् केन्द्र प्रदेश अधिवेशनमा सक्रिय भएको छ।  मंगलबारसम्म केन्द्रले लुम्बिनी, कोशी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न गरेको छ। भेलाले लुम्बिनीमा गेहेन्द्र ढकाल, कोशीमा सीता कडरिया, सुदूरपश्चिममा राजुराम सार्की भुल, कर्णालीमा जयशंकर धिताल र गण्डकीमा भीम सुवेदीले अध्यक्षमा अनुमोदन गरेको छ। प्रदेश अध्यक्षहरू केन्द्रले नै मनोनित गर्ने विधानको व्यवस्थाबमोजिम मधेश प्रदेशमा भुपनारायण यादव र बागमती प्रदेशमा सागर अधिकारी प्रदेश अध्यक्षमा चयन भइसकेका छन्। मधेश र बागमती प्रदेशमा भेला हुन बाँकी रहेकाले प्रदेश अध्यक्षको अनुमोदन र प्रदेश पदाधिकारी हेरफेर हुन बाँकी छन्। प्रदेशका भेलाहरूलाई मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष मनहरि तिमिल्सिना लगायत पदाधिकारी र सल्लाहकारहरूले दिशानिर्देश गर्नुभएको थियो। भेलामा प्रदेशमा क्रियाशील कम्युनिस्ट पार्टीका नेताहरूले शुभकामना मन्तव्य दिँदै मार्क्सवादी ज्ञान केन्द्रसँग मिलेर काम गर्न आफूहरू तयार रहेको बताउनुभयो। भेलाले प्रदेशमा कक्षा सञ्चा...

चौंथो साधारण सभा तथा अधिवेशनका निर्णयहरू सार्वजनिक

Image
काठमाडौँ, १८ भाद्र। मार्क्सवादी ज्ञान केन्द्रको चौंथो साधारणसभा तथा दोस्रो अधिवेशन २०८१ भाद्र १५ गते, शनिबारका दिन सम्पन्न भयो । साधारणसभाद्वारा निर्वाचित केन्द्रीय समितिको प्रथम पूर्ण बैठक भाद्र १७ गते नवनिर्वाचित अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न गरियो । साधारण सभा तथा बैठकले लिएका निर्णयहरू जानकारीका लागि यो परिपत्र सम्प्रेषित गरिएको छ । १. सभामा काठमाडौंमा उपलब्ध साथीहरू भौतिक रूपमा उपस्थित हुनुभयो भने उपत्यका बाहिरका प्रतिनिधि/पर्यवेक्षकहरू भर्चुअल रूपमा (जुम) जोडिनुभयो । अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षता र महासचिव इन्द्रराज भट्टराईको सञ्चालनमा सम्पन्न सभामा करिब १३५ जना साथीहरू सहभागी रहनुभयो । २. कम्युनिस्ट अन्तर्राष्ट्रिय गीतबाट सुरू गरिएको साधारण सभा तथा अधिवेशनमा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता कमरेड प्रमेश हमाल र पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य कमरेड रेखा शर्माले शुभकामना मन्तव्यसहित अधिवेशनलाई दिशानिर्देश गर्नुभयो । सभामा सल्लाहकार समितिका संयोजक डा. निमानन्द रिजाल, सल्लाहकारहरू गोपीरमण उपाध्याय, मणिरत्न श्रेष्ठ, डा....

मार्क्सवादी ज्ञान केन्द्रको अध्यक्षमा पुनः तिमिल्सिना

Image
काठमाडौं– मार्क्सवादी ज्ञान केन्द्रको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः मनहरि तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । आज सम्पन्न अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा इन्द्रराज भट्टराई, उपाध्यक्षमा रेशमकुमार अधिकारी, महासचिवमा हुमनाथ न्यौपाने, उपमहासचिवमा दुस्यान्त भट्टराई, सचिवमा सागर अधिकारी र कोषाध्यक्षमा राधिका ओझा चयन भएका छन् । सदस्यमा भीमप्रसाद सुवेदी, भूपनारायण यादव, त्रिविक्रम ज्ञवाली, सीता कडरिया, टीका ओली, डा शंकर खतिवडा, आस्था घिमिरे, राजुराम सार्की भुल, मीनादेवी नेपाल र लक्ष्मण गुरुङ चयन भएका छन् । यस्तै, सभाले ज्ञान केन्द्रका विभाग प्रमुख र प्रदेश अध्यक्षसमेत चयन गरेको छ । अध्यक्ष तिमिल्सिनाले ज्ञान केन्द्रले वैचारिक कामलाई थप सशक्त ढङ्गले अगाडि बढाउने प्रतिबद्धता जनाए। नवनिर्वाचित कार्यसमितिले मार्क्सवादी विचार निर्माणमा महत्वपूर्ण योगदान गर्ने, केन्द्रप्रतिको अपेक्षा तथा भरोसालाई जीवन्त राख्ने क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की नेतृ एवं पूर्वमन्त्री रेखा शर्माले कम्युनिष्ट पार्टील...