मार्क्सवादी ज्ञान केन्द्रको 'पुस्तक परिचर्चा' फागुनमा

काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले फागुनमा पुस्तक परिचर्चा कार्यक्रमको आयोजना गर्ने भएको छ। ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा बुधबार साँझ भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समितिको नियमित बैठकले फागुनको पहिलो साताबाट ३ हप्ते पुस्तक परिचर्चा कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो। बैठकले पुस्तक परिचर्चाको लागि कम्तीमा ३ वटा पुस्तक र ३ जना परिचर्चाकारको नाम सिफारिस अध्ययन समूहका संयोजकहरूलाई निर्देशन दिएको छ। पुस मसान्तसम्म पुस्तक र परिचर्चाकारको नाम केन्द्रीय कार्यालयमा पठाउने आग्रह गरेको छ। त्यस्तै, ज्ञान केन्द्रले प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार बिहान भर्चुअल डिस्कोर्स आयोजना गर्ने निर्णय गरेको छ। डिस्कोर्समा विदेशमा रहेका नेपालीलक्षित विषयहरू समावेश गरी बहस गरिनेछ। यस्तै, ज्ञान केन्द्रको अन्तर्राष्ट्रिय समन्वय विभागलाई पूर्णता दिई सक्रिय तुल्याउने भएको छ। बैठकले आ-आफ्नो सम्पर्कमा रहेका विदेशमा रहेका वामपन्थीहरूलाई भर्चुअल ग्रुपमा जोड्न आग्रह गरेको छ। त्यस्तै बैठकले 'गणतन्त्र अगाडि र पछाडिको नेपालको तुलनात्मक अध्ययन'सम्बन्धी शोधकार्...