Posts

Showing posts with the label विभाग

अनुसन्धानका बाँकी काम एक महिनाभित्र टुङ्ग्याउने निर्णय

Image
काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले अघिल्लो वर्षको बाँकी अनुसन्धानका कार्य तीव्र गतिमा अगाडि बढाउने निर्णय गरेको छ। सोमबार साँझ भर्चुअल माध्यमबाट बसेको अनुसन्धान कार्य सम्पन्न गर्न गठित कार्यदलको बैठकले अनुसन्धानका बाँकी कार्य एक महिनाभित्र निष्कर्षतर्फ लैजाने निर्णय गरेको छ।  बैठकले त्यसको लागि कार्यदलका सदस्यहरूको केही जिम्मेवारीमा हेरफेर र जिम्मेवारी तोक्ने काम पनि गरेको छ। अनुसन्धानका कामलाई निष्कर्षमा पुर्‍याउन मार्क्सवादी ज्ञान केन्द्रमा आवद्ध विज्ञहरूको सहयोग लिने पनि निर्णय गरेको छ। अनुसन्धानका विषयवस्तुमा अभिमत लिने कार्यको जिम्मेवारी कार्यदलका सदस्य दुस्यान्त भट्टराई र आस्था घिमिरेलाई सुम्पिएको छ।  त्यस्तै, अनुसन्धानका विषयहरूको पाण्डुलिपि र शोध आलेख लेखन कार्यको लागि कार्यदलका सदस्यहरू अध्यक्ष तिमिल्सिना, डा. निमानन्द रिजाल, विशेश्वर कट्टेल, जानुका पराजुली, त्रिविक्रम ज्ञवाली र रेशमकुमार अधिकारीलाई जिम्मेवारी तोकेको छ। जिम्मेवारी पुरा गर्न मङ्सिर २५ गतेसम्मको समय दिइएको छ।  बैठकमा अध्यक्ष तिमिल्सिनाले अनुसन्धानका कार्यलाई सम्पन्न गर्न जिम्मेवार ढङ्गले लाग्न निर्देशन दिनुभय

अनुसन्धानलाई तीव्रता दिने कार्यदलको निर्णय

Image
काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले अध्ययन अनुसन्धानका बाँकी कामलाई तीव्रता दिने भएको छ। शुक्रबार साँझ भर्चुअल माध्यमबाट बसेको ज्ञान केन्द्रको अनुसन्धान कार्य सम्पन्न गर्न गठित कार्यदल र अध्ययन अनुसन्धान समूहका संयोजकहरूको संयुक्त बैठकले अध्ययन अनुसन्धानका बाँकी कामलाई तीव्रताका साथ अगाडि बढाउने निर्णय गरेको हो। बैठकले मंसीरभित्र शोध कार्य सम्पन्न गर्ने निर्णय गरेको छ। अघिल्लो वर्षमा ज्ञान केन्द्रले विषयगत अध्ययन अनुसन्धानलाई आ-आफ्नो क्षेत्रगत विषयमा अध्ययन अनुसन्धान गर्ने जिम्मेवारी सुम्पेको थियो। ज्ञान केन्द्रले अध्ययन अनुसन्धानको लागि दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, इतिहास, विज्ञान र प्रविधि, नेपाल चिन्तन र बहुविधा साक्षरता समूह बनाएको छ। हरेक समूहले आ-आफ्नो विषयगत क्षेत्रको अध्ययन गरी केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउन भनिएको थियो। शुक्रबार बसेको कार्यदलको बैठकमा अध्ययन समूहका कार्यप्रगतिको विषयमा छलफल भएको थियो। बैठकमा अध्ययन समूहका संयोजकहरूले कार्यप्रगतिबारे आ-आफ्नो प्रस्तुति राखेका थिए। अधिकांश अध्ययन समूहले आफ्नो अनुसन्धानका कामहरूलाई अन्तिम चरणमा पुर