मार्क्सवादी ज्ञान केन्द्र साझा बौद्धिक मञ्चका रूपमा स्थापित हुँदैछ (प्रतिवेदनको पूर्णपाठ)
प्रिय प्रतिनिधि/पर्यवेक्षक साथीहरू, प्रिय प्रतिनिधि/पर्यवेक्षक साथीहरू, देश र जनताको मुक्ति र परिवर्तनका निम्ति जीवनको बलिदान गर्नुहुने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ, बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानसहित स्मरण गर्दछौँ। राजनीतिक परिवर्तनका निम्ति सञ्चालित विभिन्न सङ्घर्षमा घाइते र अङ्गभङ्ग हुनुभएका योद्धाहरूमा सम्मान, शीघ्र स्वास्थ्य लाभ र दीर्घजीवनको कामना गर्दछौँ। परिवर्तनका निम्ति योगदान गर्नुहुने सम्पूर्ण जनसमुदायमा सम्मान प्रकट गर्दछौँ। र, मार्क्सवादी ज्ञान केन्द्रको स्थापना, विकास, बिस्तार, निरन्तरता र गतिशीलताका पक्षमा विभिन्न ढङ्गले योगदान गर्नुहुने सम्पूर्ण राजनीतिक दल, राजनीतिक नेतृत्व, बुद्धिजीवी, सामाजिक व्यक्तित्व, मार्क्सवादी ज्ञान केन्द्रका विभिन्न जिम्मेवारीमा रहनुभएका साथीहरू, आजीवन सदस्यहरू र समस्त अध्येताहरूमा आभारसहित कृतज्ञता प्रकट गर्दछौँ। अध्ययन संस्कृतिको मुख्य ध्येयका साथ सुरु गरिएको अभियान पाँच वर्ष पूरा गर्दै अगाडि बढिरहेको छ। मार्क्सवादी ज्ञान केन्द्रको विधिवत स्थापना र तत्पश्चात् गरिएका गतिविधि एवं क्रियाकलापले ज्ञान केन्द्र देश