Posts

Showing posts from 2023

मार्क्सवादी ज्ञान केन्द्र : वामपन्थीहरूको साझा मञ्च

Image
    जनमतका दृष्टिले व्यापक रूप लिएको नेपालको कम्युनिष्ट आन्दोलन पछिल्लोसमय विचारधारात्मक रूपमा दिशाविहीन बन्ने खतरामा छ । दलाल नोकरशाही पुँजीवादले पैदा गरेका चुनौती छिचोल्न क्रान्तिकारी संकल्प गर्नुपर्नेमा संघर्षको केन्द्रमा रहेको कम्युनिष्ट पार्टी र यसको नेतृत्व नै कतै दलाल पुँजीवादसँग सहवरण गर्न लालयित त छैन ? यस्ता प्रश्नले सर्वहारा र श्रमजीवी वर्ग तरङ्गित छ । दार्शनिक विश्वदृष्टिकोणलाई भौतिक शक्तिमा बदल्दै मानवजातिको मुक्तिको संकल्प पूरा गर्न सक्ने सबैभन्दा आधारभूत र महत्त्वपूर्ण साधन मार्क्सवाद हो। समाजको परिवर्तनका लागि विचार र सङ्गठनको तागतबारे प्रष्ट्याउँदै एंगेल्स लेख्छन्, ‘हाम्रा निम्ति सोचिदिने दार्शनिकहरू र लडिदिने सर्वहारा भएपछि संसारमा त्यस्तो कुनै शक्ति होला, जसले हाम्रो प्रगतिको यात्रा रोक्न सकोस् ?’ एंगेल्सको उक्त भनाइले सर्वहारा एवम् श्रमजीवी वर्गको मुक्ति र कम्युनिष्ट समाजको निर्माणका लागि विचार र सङ्गठनको अविभाज्य सम्बन्धमा जोड दिन्छ। मार्क्सवाद प्रकृति, जीवन, समाज र चिन्तनको शरीर विज्ञान हो। यसले मानव जातिको मुक्तिका आकांक्षाहरू प्रतिनिधित्व गर्दछ। यस अर्थमा य

तेस्रो वार्षिक साधारण सभाबाट पारित प्रतिवेदन (पूर्णपाठ)

Image
  नेतृत्वको रणनीतिक सोंच र केही दर्जन साथीहरुको सामूहिक प्रयत्नको प्रतिफलस्वरुप स्थापित ज्ञान केन्द्र आज देशका सबै भूगोल, भाषा, जाति, समुदाय, दल एवं सामाजिक क्षेत्रले देख्ने/सुन्ने गरी स्थापित भएको छ। यो सफलताका पछाडि संस्थापक सदस्यहरु, प्रशिक्षकहरु, केन्द्रीय समिति, सल्लाहकार समिति, विभागीय समितिहरु, प्रदेश समितिहरु, जिल्ला शाखाहरुमा क्रियाशील साथीहरुका साथै आजीवन, एसोसियट र साधारण सदस्यहरु, विभिन्न चरणका कक्षामा सहभागी प्रशिक्षार्थी साथीहरु, बुद्धिजीवी वर्ग लगायत प्रगतिशील विचार र आचारका पक्षधर लाखौं नेपालीहरुको योगदान रहेको छ। तेस्रो साधारण सभाको यस अवसरमा ज्ञान केन्द्र समस्त महानुभावहरुको योगदानको उच्च प्रशंसा गर्दै सम्मान प्रकट गर्दछ। प्रतिवेदन DOWNLOAD गर्नुहोस्