काठमाडौँ। मार्क्सवादी ज्ञान केन्द्रद्वारा प्रकाशित पुस्तक “कम्युनिस्ट ज्ञानकोश” बजारमा आएको छ। मनहरि तिमिल्सिना प्रधान सम्पादक र विश्वेश्वर कट्टेल, इन्दिरा न्यौपाने, कार्ल विक्रम थापा, कुलचन्द्र अर्याल, आस्था घिमिरे, आशिष भूर्तेल, मनोज शर्मा, केशव ज्ञवाली सम्पादक मण्डल रहनुभएको पुस्तक यसै साता बजारमा आएको हो। ७२८ पृष्ठ रहेको उक्त पुस्तकको बितरकमा इन्डिको इन्क प्रकाशन गृह रहेको छ। पुस्तक २४ भागको संरचनामा रहेको सम्पादक मण्डलका सदस्य विश्वेश्वर कट्टेलले जानकारी दिनुभयो। पुस्तकमा नेपाल सरकारका प्रधानमन्त्रीको हैसियतले पुष्पकमल दाहाल “प्रचण्ड”ले मन्तव्य दिनुभएको छ। पुस्तकमा २४ भाग छन्, जसमा पारिभाषिक राजनीतिक शब्दहरू, केही महत्वपूर्ण युक्तिहरू, दर्शनसम्बन्धी विषयहरू, विश्वप्रसिद्ध चिन्तकहरू, राजनीतिक अर्थशास्त्र सम्बन्धी विषयहरू, वित्तीय साक्षरता, वैज्ञानिक समाजवाद सम्बन्धी विषयहरू, विश्वप्रसिद्ध व्यक्तित्वहरू, नेपालको परिचय र इतिहास, नेपालको प्रशासनिक विभाजन, नेपालको संविधान र कानुनहरू, विश्व कम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख उपल...
Comments
Post a Comment