Posts

Showing posts from December, 2024

निबन्ध लेखन प्रतियोगितासम्बन्धी मार्क्सवादी ज्ञान केन्द्रको सूचना

Image
  काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले 'निबन्ध लेखन प्रतियोगिता' आयोजना गर्ने भएको छ। ज्ञान केन्द्रको अनुशासन तथा मूल्याङ्कन विभागले आज एक सूचना प्रकाशित गरेर 'राजनीतिक रूपान्तरणमा अध्ययन संस्कृतिको महत्त्व' शीर्षकमा प्रतियोगिता गर्न लागिएको जानकारी गराएको हो।  भर्चुअल निबन्ध लेखन प्रतियोगितामा मार्क्सवादी ज्ञान केन्द्रका आजीवन सदस्य र एसोसियट सदस्यहरूले मात्र सहभागिता जनाउन पाउने छन्। तर, केन्द्रीय पदाधिकारीहरू (अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष), केन्द्रीय सल्लाहकारहरू, अनुशासन तथा मूल्याङ्कन विभागका सदस्यहरूले प्रतियोगितामा भाग लिन नपाउने सूचनामा जनाइएको छ। उक्त प्रतियोगितामा सहभागिता जनाउन ज्ञान केन्द्रले आफ्ना आजीवन सदस्य र एसोसियट सदस्यहरूलाई आह्वान गरेको छ।   निबन्ध न्यूनतम १५ सय शब्ददेखि अधिकतम २५ सय शब्दभित्रको हुनुपर्ने, निबन्धमा राजनीतिक रूपान्तरणमा अध्ययन संस्कृतिसम्बन्धी विभिन्न तथ्य, तर्क, विवेचना र निष्कर्ष प्रस्तुत भएको हुनुपर्ने, निबन्धको भाषा सम्पादन र शुद्धाशुद्धि स्वयम् प्रतियोगीले अन्तिम रूप दिई पठाउनुपर...

भ्रष्टाचार नियन्त्रणको सूत्र नीतिगत सुधार

Image
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री एवं पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न नीतिगत सुधार पहिलो सर्त भएको बताउनु भएको छ। मार्क्सवादी ज्ञान केन्द्रले सुरु गरेको २३ औँ चरणको अनलाइन कक्षाको उद्घाटनका सन्दर्भमा आयोजित 'नेपालमा भ्रष्टाचार : चुनौती र नियन्त्रणका प्रयासहरू' विषयक भर्चुअल डिस्कोर्समा उहाँले यस्तो बताउनु भएको हो। नीतिगत सुधारको लागि राजनीतिक दल संवेदनशील ढङ्गले लाग्नुपर्ने उहाँको भनाइ थियो। सांसद श्रेष्ठले राजनीतिक अस्थिरताको कारण नीतिगत सुधार हुने अवस्था नरहेको पनि दाबी गर्नुभयो। भ्रष्टाचार नियन्त्रणमा राजनीतिक दलले प्रतिबद्धताका साथ काम गर्न लागे भ्रष्टाचार अन्त्य गरी सुशासन कायम हुने उहाँको विश्वास छ। केही व्यक्तिको स्वार्थका कारण नीतिगत भ्रष्टाचार बढिरहेको चर्चा गर्दै सांसद श्रेष्ठले नीतिगत भ्रष्टाचार रोक्न दलहरूले सांसदहरूलाई नियन्त्रण गर्नसक्ने पर्ने भनाइ राख्नुभयो। 'पार्टीहरूले आफ्ना सांसदलाई भ्रष्टाचार गर्न नदिने हो भने त्यही व्यक्ति संसदमा र त्यही व्यक्ति पार्टीको महत्त्वपूर्ण पदम...