निबन्ध लेखन प्रतियोगितासम्बन्धी मार्क्सवादी ज्ञान केन्द्रको सूचना

 


काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले 'निबन्ध लेखन प्रतियोगिता' आयोजना गर्ने भएको छ। ज्ञान केन्द्रको अनुशासन तथा मूल्याङ्कन विभागले आज एक सूचना प्रकाशित गरेर 'राजनीतिक रूपान्तरणमा अध्ययन संस्कृतिको महत्त्व' शीर्षकमा प्रतियोगिता गर्न लागिएको जानकारी गराएको हो। 

भर्चुअल निबन्ध लेखन प्रतियोगितामा मार्क्सवादी ज्ञान केन्द्रका आजीवन सदस्य र एसोसियट सदस्यहरूले मात्र सहभागिता जनाउन पाउने छन्। तर, केन्द्रीय पदाधिकारीहरू (अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष), केन्द्रीय सल्लाहकारहरू, अनुशासन तथा मूल्याङ्कन विभागका सदस्यहरूले प्रतियोगितामा भाग लिन नपाउने सूचनामा जनाइएको छ। उक्त प्रतियोगितामा सहभागिता जनाउन ज्ञान केन्द्रले आफ्ना आजीवन सदस्य र एसोसियट सदस्यहरूलाई आह्वान गरेको छ।  

निबन्ध न्यूनतम १५ सय शब्ददेखि अधिकतम २५ सय शब्दभित्रको हुनुपर्ने, निबन्धमा राजनीतिक रूपान्तरणमा अध्ययन संस्कृतिसम्बन्धी विभिन्न तथ्य, तर्क, विवेचना र निष्कर्ष प्रस्तुत भएको हुनुपर्ने, निबन्धको भाषा सम्पादन र शुद्धाशुद्धि स्वयम् प्रतियोगीले अन्तिम रूप दिई पठाउनुपर्ने प्रकाशित सूचनामा उल्लेख छ। 

निबन्धको कुनै अंश, अनुच्छेद वा वाक्यांश कहीँ-कतैबाट साभार गरिएको पुष्टि भएमा उक्त सामग्रीलाई मूल्याङ्कनमा समावेश नगरिने, निबन्ध माघ ५ गते राति १२ बजेभित्र केन्द्रीय कार्यालयको इमेल ठेगाना marxistcenter.np02@gmail.com मा पठाइसक्नुपर्ने, इमेलमा प्राप्त सामग्री विज्ञ समूहको सहयोगमा मूल्याङ्कनपश्चात् माघ १५ गतेभित्र नजिता प्रकाशित गरिने ज्ञान केन्द्रले जनाएको छ। 

प्रतियोगितामा प्राप्त सबै निबन्धहरू राष्ट्रियस्तरका पत्रपत्रिका वा अनलाइनहरूमा प्रकाशित गरिने सूचनामा उल्लेख छ। प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार, द्वितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना हुनेलाई ३ हजारसहित सहभागी सबैलाई प्रमाणपत्र पुरस्कार वितरण गरिने ज्ञान केन्द्रले जनाएको छ।



Comments

धेरै पढिएका

गोष्ठीमा वक्ताहरूको जोडः “गणतन्त्रसँग राजतन्त्रको तुलना हुनै सक्दैन”

मार्क्सवादी ज्ञान केन्द्र : वामपन्थीहरूको साझा मञ्च

वामपन्थीहरू समीक्षात्मक ढङ्गले अगाडि बढ्नुपर्नेमा जोड