Posts

Showing posts from November, 2024

वामपन्थीहरू समीक्षात्मक ढङ्गले अगाडि बढ्नुपर्नेमा जोड

Image
काठमाडौं। नेपाल कम्युनिष्ट आन्दोलनका उपलब्धिको रक्षा गर्दै कमीकमजोरी सुधारको पक्षमा वामपन्थी दलहरू केन्द्रित हुनुपर्नेमा वक्ताहरूले जोड दिनुभएको छ। मार्क्सवादी ज्ञान केन्द्र कोशी प्रदेशको आयोजनामा शुक्रबार भर्चुअल माध्यममा आयोजित पूर्वी नेपालमा कम्युनिष्ट आन्दोलन : चुनौती र समाधान विषयक अन्तर्क्रियामा बोल्दै वक्ताहरूले उक्त कुरामा जोड दिनुभएको हो। कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउन वामपन्थीहरू समीक्षात्मक ढङ्गले अगाडि बढ्नुपर्ने उहाँहरुको धारणा छ। कार्यक्रममा मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले नेपालका ठूला राजनीतिक परिवर्तनमा कम्युनिष्ट आन्दोलनको भूमिका अहम् रहेको बताउनुभयो। आन्दोलनमा केही कमजोरी देखिए पनि सर्वहारा वर्गको हक अधिकार स्थापित गर्न सफल भएको उहाँको भनाइ थियो। यद्यपि स्थापित हक अधिकारलाई कार्यान्वयनमा भने कमजोरी देखिएको बताउनुभयो। अध्यक्ष तिमिल्सिनाले कम्युनिष्ट नेतृत्वको आचार व्यवहारका कारण पनि त्यसमा समस्या देखा परेको बताउनुभयो।  कम्युनिष्ट आन्दोलनमा आचार व्यवहारको विषय अब छलफलको विषय बन्नुपर्ने उहाँको धारणा थियो। 'सिद्धान्त र चिन्तन मिलाउन आ...

अनुसन्धानका बाँकी काम एक महिनाभित्र टुङ्ग्याउने निर्णय

Image
काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले अघिल्लो वर्षको बाँकी अनुसन्धानका कार्य तीव्र गतिमा अगाडि बढाउने निर्णय गरेको छ। सोमबार साँझ भर्चुअल माध्यमबाट बसेको अनुसन्धान कार्य सम्पन्न गर्न गठित कार्यदलको बैठकले अनुसन्धानका बाँकी कार्य एक महिनाभित्र निष्कर्षतर्फ लैजाने निर्णय गरेको छ।  बैठकले त्यसको लागि कार्यदलका सदस्यहरूको केही जिम्मेवारीमा हेरफेर र जिम्मेवारी तोक्ने काम पनि गरेको छ। अनुसन्धानका कामलाई निष्कर्षमा पुर्‍याउन मार्क्सवादी ज्ञान केन्द्रमा आवद्ध विज्ञहरूको सहयोग लिने पनि निर्णय गरेको छ। अनुसन्धानका विषयवस्तुमा अभिमत लिने कार्यको जिम्मेवारी कार्यदलका सदस्य दुस्यान्त भट्टराई र आस्था घिमिरेलाई सुम्पिएको छ।  त्यस्तै, अनुसन्धानका विषयहरूको पाण्डुलिपि र शोध आलेख लेखन कार्यको लागि कार्यदलका सदस्यहरू अध्यक्ष तिमिल्सिना, डा. निमानन्द रिजाल, विशेश्वर कट्टेल, जानुका पराजुली, त्रिविक्रम ज्ञवाली र रेशमकुमार अधिकारीलाई जिम्मेवारी तोकेको छ। जिम्मेवारी पुरा गर्न मङ्सिर २५ गतेसम्मको समय दिइएको छ।  बैठकमा अध्यक्ष तिमिल्सिनाले अनुसन्धानका कार्यलाई सम्पन्न गर्न जिम्मेवार ढङ्गले लाग्न न...

गुगल मिट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Image
काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रद्वारा आयोजित 'गुगल मिट' सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। भर्चुअल माध्यमबाट आयोजित अभिमुखीकरण कार्यक्रम शुक्रबार साँझ सम्पन्न भएको हो। 'गुगल मिट' कसरी चलाउने ? तथा गुगल मिटका सेवा सुविधाका बारेमा आइटी इन्जिनियर रामचन्द्र पौडेलले प्रस्तुति दिनुभएको थियो। भर्चुअल माध्यममार्फत अन्तर्क्रिया तथा अनलाइन कक्षा जस्ता कार्यको लागि गुगल मिट उपयुक्त र विश्वासिलो हुने उहाँको भनाइ छ। ‘गुगल मिट’मार्फत भिडियो बैठक, अनलाइन कक्षा तथा कुराकानी गर्न मिल्छ। अनलाइनमार्फत बैठक तथा कार्यक्रमहरू गर्नका लागि जुम जस्तै गुगल मिट पनि लोकप्रिय रहेको छ। गुगल मिट अन्य प्येलेटफर्मभन्दा सस्तो र सरल छन्। जीमेल अकाउन्ट साइन इन गरेर गुगल मिट सजिलै प्रयोग गर्न सकिन्छ। मिटको साधारण सेड्युल, स्क्रीन शेयरिङ, रियल टाइम क्याप्सन, रुचिअनुरूपको लेआउट, फराकिलो स्पष्ट देखिने स्क्रिनजस्ता फिचरहरू सबैले निःशुल्क रुपमा प्रयोग गर्न सकिन्छ। कार्यक्रममा मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले ज्ञान केन्द्रले भौतिक र भर्चुअल दुवै माध्यममार्फत निरन्तर आ...

लोकप्रियतावाद पुँजीवादी विचारकै एक आयामः वक्ताहरू

Image
काठमाडौँ, २३ कार्तिक। लोकप्रियतावाद पुँजीवादी विचारकै एउटा आयाम भएकोमा वक्ताहरूले जोड दिएका छन्। मार्क्सवादी ज्ञान केन्द्र गण्डकी प्रदेशको आयोजनामा बिहीबार पोखरामा आयोजित लोकप्रियतावादः सिद्धान्त, समस्या र समाधान विषयक डिस्कोर्समा बोल्दै वक्ताहरूले उक्त कुरामा जोड दिएका हुन्। कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य माधव सापकोटाले लोकप्रियतावाद कुनै दर्शन र सिद्धान्त नभएर जनमत आफूतर्फ तान्न क्षणिक रूपमा अगाडि आएको दृष्टिकोण भएको बताउनुभयो। डिस्कोर्समा उहाँले भन्नुभयो, ‘‘लोकप्रियतावाद कुनै दर्शन होइन, सिद्धान्त पनि होइन। शक्ति आर्जनका निम्ति यसले जनताका मुद्दा उठाउँछ, व्यवस्थामाथि प्रहार गर्छ। यसले समस्याको उठान चाहिँ गर्छ। तर, समाधान दिन सक्दैन।’’ लोकप्रियतावादी विचार र कार्यक्रमले नेपाली राजनीतिसमेत प्रभावित गरिरहेकोमा जोड दिँदै सांसद सापकोटाले दलहरूले दीर्घकालीन नीति, योजना र कार्यक्रम एवं जनविश्वासमार्फत यस्तो प्रवृत्तिलाई पराजित गर्नुपर्नेमा जोड दिनुभयो। डिस्कोर्समा एकीकृत समाजवादीका सचिव श्रीनाथ बरालले लोकप्रियतावादी राजनीति ठूला दलहरूको असफलता र संक्रमणकाल...