निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने निर्णय
काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले नेपालमा भ्रष्टाचारका चुनौती र नियन्त्रणका प्रयासका सम्बन्धमा अन्तरक्रिया गर्ने भएको छ। सोमबार साँझ भर्चुअलरुपमा संस्थाका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा बसेको केन्द्रीय समितिको नियमित बैठकले कार्तिक २४ गते (शनिबार) बिहान 'नेपालमा भ्रष्टाचार : चुनौती र नियन्त्रणका प्रयासहरू' विषयमा भर्चुअल डिस्कोर्स गर्ने निर्णय गरेको हो। बैठकले 'राजनीतिक रूपान्तरणमा अध्ययन संस्कृतिको महत्त्व' विषयमा निबन्ध लेखन प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ। प्रतियोगितामा मार्क्सवादी ज्ञान केन्द्रका आजीवन र एसोसियट सदस्यहरूले प्रतिस्पर्धा गर्न पाउने मापदण्ड तय गरेको छ। त्यस्तै मार्क्सवादी ज्ञान केन्द्रद्वारा प्रकाशित 'कम्युनिस्ट ज्ञानकोश' पुस्तक मंसीरको पहिलो साता लोकार्पण गर्ने निर्णय पनि गरेको छ। बैठकले शोध परियोजनाको काम सम्पन्न गर्ने अख्तियारी ज्ञान केन्द्रका सल्लाहकार डा. निमानन्द रिजाल नेतृत्वको टीमलाई दिने निर्णय पनि गरेको छ। उक्त कार्यको लागि केन्द्रीय समितिले आवश्यक सहयोग र बागमती प्रदेशले व्यवस्थापकीय संयोजन गर्ने छ। तथ्याङ्क सङ्कलनमा