कम्युनिस्ट ज्ञानकोश पुस्तक बजारमा


 

काठमाडौँ। मार्क्सवादी  ज्ञान केन्द्रद्वारा प्रकाशित पुस्तक “कम्युनिस्ट ज्ञानकोश” बजारमा आएको छ।
मनहरि तिमिल्सिना प्रधान सम्पादक र विश्वेश्वर कट्टेल, इन्दिरा न्यौपाने, कार्ल विक्रम थापा, कुलचन्द्र अर्याल, आस्था घिमिरे, आशिष भूर्तेल, मनोज शर्मा, केशव ज्ञवाली सम्पादक मण्डल रहनुभएको पुस्तक यसै साता बजारमा आएको हो।
७२८ पृष्ठ रहेको उक्त पुस्तकको बितरकमा इन्डिको इन्क प्रकाशन गृह रहेको छ। पुस्तक २४ भागको संरचनामा रहेको सम्पादक मण्डलका सदस्य विश्वेश्वर कट्टेलले जानकारी दिनुभयो।
पुस्तकमा नेपाल सरकारका प्रधानमन्त्रीको हैसियतले पुष्पकमल दाहाल “प्रचण्ड”ले मन्तव्य दिनुभएको छ।
पुस्तकमा २४ भाग छन्, जसमा पारिभाषिक राजनीतिक शब्दहरू, केही महत्वपूर्ण युक्तिहरू, दर्शनसम्बन्धी विषयहरू, विश्वप्रसिद्ध चिन्तकहरू, राजनीतिक अर्थशास्त्र सम्बन्धी विषयहरू, वित्तीय साक्षरता, वैज्ञानिक समाजवाद सम्बन्धी विषयहरू, विश्वप्रसिद्ध व्यक्तित्वहरू, नेपालको परिचय र इतिहास, नेपालको प्रशासनिक विभाजन, नेपालको संविधान र कानुनहरू, विश्व कम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख उपलब्धीहरू, नेपालका वामपन्थी नेताहरू, विश्वको भूगोल, विश्वको इतिहास, अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति, अन्तर्राष्ट्रिय प्रतिवेदन र नेपालको अवस्थिति, साहित्य–कला र संस्कृति, विभिन्न चिन्तक र रचनाहरू, विज्ञान र प्रविधि र युवा तथा खेलकुद र विविध तथा फुटकर रहेका छन्।
यस कृतिमा केही अंशहरू लेखन र केही अंशहरू सङ्कलित प्रकृतिका छन्। यसका निम्ति विभिन्न पुस्तकहरू र सन्दर्भस्रोतहरूको सहयोग लिइएको छ, त्यसमध्ये डिजिटल सन्दर्भस्रोतहरूको अधिकतम उपयोग गरिएको छ।

Comments

धेरै पढिएका

लोकप्रियतावाद पुँजीवादी विचारकै एक आयामः वक्ताहरू

अनुसन्धानका बाँकी काम एक महिनाभित्र टुङ्ग्याउने निर्णय

गुगल मिट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न