मार्क्सवादी ज्ञान केन्द्रको 'पुस्तक परिचर्चा' फागुनमा


काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले फागुनमा पुस्तक परिचर्चा कार्यक्रमको आयोजना गर्ने भएको छ।  ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा बुधबार साँझ भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समितिको नियमित बैठकले फागुनको पहिलो साताबाट ३ हप्ते पुस्तक परिचर्चा कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो।

बैठकले पुस्तक परिचर्चाको लागि कम्तीमा ३ वटा पुस्तक र ३ जना परिचर्चाकारको नाम सिफारिस अध्ययन समूहका संयोजकहरूलाई निर्देशन दिएको छ। पुस मसान्तसम्म पुस्तक र परिचर्चाकारको नाम केन्द्रीय कार्यालयमा पठाउने आग्रह गरेको छ। 

त्यस्तै, ज्ञान केन्द्रले प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार बिहान भर्चुअल डिस्कोर्स आयोजना गर्ने निर्णय गरेको छ। डिस्कोर्समा विदेशमा रहेका नेपालीलक्षित विषयहरू समावेश गरी बहस गरिनेछ। यस्तै, ज्ञान केन्द्रको अन्तर्राष्ट्रिय समन्वय विभागलाई पूर्णता दिई सक्रिय तुल्याउने भएको छ। बैठकले आ-आफ्नो सम्पर्कमा रहेका विदेशमा रहेका वामपन्थीहरूलाई भर्चुअल ग्रुपमा जोड्न आग्रह गरेको छ।   

त्यस्तै बैठकले 'गणतन्त्र अगाडि र पछाडिको नेपालको तुलनात्मक अध्ययन'सम्बन्धी शोधकार्यका निम्ति विषय विज्ञहरूसँग संक्षिप्त अन्तरक्रिया गर्ने निर्णय गरेको छ। पुस १९ गते (शुक्रबार) उक्त अन्तरक्रिया गरिनेछ। अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा शोधकार्य अगाडि बढाइने ज्ञान केन्द्रले जनाएको छ। 

'राजनीतिक रूपान्तरणमा अध्ययन संस्कृतिको महत्त्व' विषयक निबन्ध लेखन प्रतियोगितालाई प्रभावकारी बनाउन आजीवन र एसोसियट सदस्यहरूलाई उत्प्रेरित गर्न सबै प्रदेशहरूलाई निर्देशन गरेको छ। प्रतियोगितामा भाग लिन केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई आग्रह गरेको छ। त्यस्तै, बैठकले संस्थाको दैनिक गतिविधि सञ्चालन, कक्षा व्यवस्थापनका लागि संस्थाका सदस्यहरूभित्र आन्तरिक सहयोगका लागि अनुरोध गर्ने र प्राप्त सहयोगको अभिलेख व्यवस्थित गर्ने निर्णय भएको छ।

ज्ञान केन्द्रले माघको अन्तिम साता वनभोज कार्यक्रम गर्ने भएको छ। बैठकले वनभोज कार्यक्रम आयोजना गर्न सचिव सागर अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा मीना नेपाल, आस्था घिमिरे, ताराबहादुर रानाभाट र पासाङ ठकुल्ला रहनुभएको छ।

Comments

धेरै पढिएका

डिस्कोर्समा वक्ताहरूः “शिक्षामा लगानी बढाउँ, ऐन छिटो जारी गरौँ”

निबन्ध लेखन प्रतियोगितासम्बन्धी मार्क्सवादी ज्ञान केन्द्रको सूचना

अभिमुखीकरण बैठकः वार्षिक कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय