विज्ञहरूसँग मार्क्सवादी ज्ञान केन्द्रको अन्तरक्रिया


काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले 'गणतन्त्र अगाडि र पछाडिको नेपालको तुलनात्मक अध्ययन' सम्बन्धी शोधकार्यका निम्ति विषय विज्ञहरूसँग अन्तरक्रिया गरेको छ। काठमाडौंमा शुक्रबार विज्ञहरूसँग संक्षिप्त अन्तरक्रिया गरेको हो। 

ज्ञान केन्द्रले 'गणतन्त्र अगाडि र पछाडिको नेपालको तुलनात्मक अध्ययन' पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ। पुस्तकमा समावेश हुने विषयवस्तुमाथि विज्ञको सुझाव लिन र सोही आधारमा शोधकार्य अगाडि बढाउन विज्ञसँग ज्ञान केन्द्रले अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो।

मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले 'गणतन्त्र अगाडि र पछाडिको नेपालको तुलनात्मक अध्ययन'लाई वैशाखसम्म अन्तिम रूप दिने गरी शोधकार्यलाई अगाडि बढाइने जानकारी दिनुभयो। उहाँले देशले उपलब्धि हासिल गरेको र गर्न नसकेका महत्त्वपूर्ण क्षेत्रहरूको जानकारी पुस्तकमा समावेश गरिने बताउनुभयो। पुस्तक विगत र वर्तमानको समीक्षाको साथै भविष्यको दिशानिर्देश गर्न सक्ने महत्त्वपूर्ण सन्दर्भ सामग्री बन्ने उहाँको विश्वास थियो।

ज्ञान केन्द्रका सल्लाहकार डा. निमानन्द रिजालले 'गणतन्त्र अगाडि र पछाडिको नेपालको तुलनात्मक अध्ययन'मार्फत नेपालको विकाश र उपलब्धिहरूको वास्तविक चित्रलाई प्रस्तुत गरिने बताउनुभयो। शैक्षिक सन्दर्भसूचिका रुपमा पनि उक्त पुस्तकको महत्त्व रहने उहाँको भनाइ थियो। करिब २५ जना विषय विज्ञको उपस्थिति रहेको उक्त अन्तर्क्रियाको सहजीकरण ज्ञान केन्द्रका सल्लाहकारद्वय विश्वेश्वर कट्टेल र जानुका पराजुलीले गर्नुभएको थियो। 

Comments

धेरै पढिएका

गोष्ठीमा वक्ताहरूको जोडः “गणतन्त्रसँग राजतन्त्रको तुलना हुनै सक्दैन”

मार्क्सवादी ज्ञान केन्द्र : वामपन्थीहरूको साझा मञ्च

मार्क्सवादी ज्ञान केन्द्रको 'पुस्तक परिचर्चा' फागुनमा