Posts

Showing posts from 2025

गोष्ठीमा वक्ताहरूको जोडः “गणतन्त्रसँग राजतन्त्रको तुलना हुनै सक्दैन”

Image
वैशाख २०, काठमाडौं– पूर्वसभामुख एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्नेमा जोड दिनुभएको छ। मार्क्सवादी ज्ञान केन्द्रले शनिबार आयोजना गरेको ‘गणतन्त्र अगाडि र पछाडिको नेपालः तुलनात्मक अध्ययन’ शोधग्रन्थमाथिको पृष्ठपोषण कार्यक्रममा उहाँले राष्ट्रिय दृष्टिकोण निर्माणमा दलहरूबीच बहस हुन नसक्नु दुःखद भएको बताउनुभयो। पूर्वसभामुख सापकोटाले समाजवाद नै अहिलेको सर्वोत्कृष्ट राजनीतिक व्यवस्था भएकाले राष्ट्रिय पुँजीको विकास गरेर त्यसतर्फको यात्रा अघि बढाइनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘संविधानसभाबाट जारी संविधानमा समाजवादउन्मुख राज्य व्यवस्था हुने भनेर उल्लेख गरिएको छ, यो ठूलो उपलब्धि हो, अब संविधानमा टेकेर वैज्ञानिक समाजवादका लागि सङ्घर्ष गर्नुपर्छ।’ राजनीतिक परिवर्तन पछाडि जनअपेक्षाअनुसार आर्थिक सामाजिक रूपान्तरण नभएको स्वीकार्दै उहाँले गणतन्त्र र राजतन्त्रबीच कुनै हालतमा तुलना गर्न नमिल्ने बताउनुभयो। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले राष्ट्रिय मुद्दामा पक्ष–विपक्ष नभई दलहरू...

डिस्कोर्समा वक्ताहरूः “शिक्षामा लगानी बढाउँ, ऐन छिटो जारी गरौँ”

Image
  मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा नेपाल शिक्षक महासंघको आन्दोलनका सन्दर्भमा “संघीय शिक्षा ऐनः चुनौती र समाधान” विषयक भर्चुअल डिस्कोर्स शनिबार बिहान सम्पन्न भएको छ। भर्चुअल डिस्कोर्समा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सदस्य दीपा शर्मा, नेपाल शिक्षक महासंघका उपाध्यक्ष देवीदत्त पौडेल, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, स्वतन्त्र विद्यार्थी यूनियन पद्मकन्या क्याम्पसका सभापति भूपी ऐर, बाल अधिकार परिषदका उपाध्यक्ष बम बानिया, मार्क्सवादी ज्ञान केन्द्रका वरिष्ठ उपाध्यक्ष इन्द्रराज भट्टराई लगायतले आफ्नो धारणा राख्नुभएको थियो। डिस्कोर्समा बोल्दै पूर्वमन्त्री पोखरेलले आफू शिक्षामन्त्री हुँदा नै आयोग बनाएर माध्यमिक शिक्षा विधेयकको मस्यौदा तयार पारेर प्रधानमन्त्रीलाई बुझाएको स्मरण गर्दै ऐन जारी गर्न आफूहरूले नियमित दवाव सिर्जना गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिलेको प्रधानमन्त्री के...

विज्ञहरूसँग मार्क्सवादी ज्ञान केन्द्रको अन्तरक्रिया

Image
काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले 'गणतन्त्र अगाडि र पछाडिको नेपालको तुलनात्मक अध्ययन' सम्बन्धी शोधकार्यका निम्ति विषय विज्ञहरूसँग अन्तरक्रिया गरेको छ। काठमाडौंमा शुक्रबार विज्ञहरूसँग संक्षिप्त अन्तरक्रिया गरेको हो।  ज्ञान केन्द्रले 'गणतन्त्र अगाडि र पछाडिको नेपालको तुलनात्मक अध्ययन' पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ। पुस्तकमा समावेश हुने विषयवस्तुमाथि विज्ञको सुझाव लिन र सोही आधारमा शोधकार्य अगाडि बढाउन विज्ञसँग ज्ञान केन्द्रले अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो। मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले 'गणतन्त्र अगाडि र पछाडिको नेपालको तुलनात्मक अध्ययन'लाई वैशाखसम्म अन्तिम रूप दिने गरी शोधकार्यलाई अगाडि बढाइने जानकारी दिनुभयो। उहाँले देशले उपलब्धि हासिल गरेको र गर्न नसकेका महत्त्वपूर्ण क्षेत्रहरूको जानकारी पुस्तकमा समावेश गरिने बताउनुभयो। पुस्तक विगत र वर्तमानको समीक्षाको साथै भविष्यको दिशानिर्देश गर्न सक्ने महत्त्वपूर्ण सन्दर्भ सामग्री बन्ने उहाँको विश्वास थियो। ज्ञान केन्द्रका सल्लाहकार डा. निमानन्द रिजालले 'गणतन्त्र अगाडि र पछा...

मार्क्सवादी ज्ञान केन्द्रको 'पुस्तक परिचर्चा' फागुनमा

Image
काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले फागुनमा पुस्तक परिचर्चा कार्यक्रमको आयोजना गर्ने भएको छ।  ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा बुधबार साँझ भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समितिको नियमित बैठकले फागुनको पहिलो साताबाट ३ हप्ते पुस्तक परिचर्चा कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो। बैठकले पुस्तक परिचर्चाको लागि कम्तीमा ३ वटा पुस्तक र ३ जना परिचर्चाकारको नाम सिफारिस अध्ययन समूहका संयोजकहरूलाई निर्देशन दिएको छ। पुस मसान्तसम्म पुस्तक र परिचर्चाकारको नाम केन्द्रीय कार्यालयमा पठाउने आग्रह गरेको छ।  त्यस्तै, ज्ञान केन्द्रले प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार बिहान भर्चुअल डिस्कोर्स आयोजना गर्ने निर्णय गरेको छ। डिस्कोर्समा विदेशमा रहेका नेपालीलक्षित विषयहरू समावेश गरी बहस गरिनेछ। यस्तै, ज्ञान केन्द्रको अन्तर्राष्ट्रिय समन्वय विभागलाई पूर्णता दिई सक्रिय तुल्याउने भएको छ। बैठकले आ-आफ्नो सम्पर्कमा रहेका विदेशमा रहेका वामपन्थीहरूलाई भर्चुअल ग्रुपमा जोड्न आग्रह गरेको छ।    त्यस्तै बैठकले 'गणतन्त्र अगाडि र पछाडिको नेपालको तुलनात्मक अध्ययन'सम्बन्धी शोधकार्...