मार्क्सवादी ज्ञान केन्द्रको वार्षिक कार्ययोजना २०८१ पारित (पूर्णपाठ)


 

काठमाडौँ। मार्क्सवादी ज्ञान केन्द्रको २०८१ भाद्र १५ गते सम्पन्न चौंथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकले वार्षिक कार्ययोजना २०८१ पारित गरेको छ।
अध्यक्ष मनहरि तिमिल्सिना र संस्थाका सल्लाहकारहरुको आतिथ्यमा २०८१ असोज ७, ८ र ९ गते भर्चुअल माध्यमबाट सम्पन्न बैठकले कार्यविभाजन र वार्षिक कार्यक्रमसहितको वार्षिक कार्ययोजना पारित गरेको हो।
कार्ययोजनामा असोजको दोस्रो हप्ता सोमबार केन्द्रीय विभाग, अध्ययन समूहका सदस्यहरु र प्रदेश पदाधिकारीहरुको बैठक, असोजको तेस्रो हप्ताको बिहीबार गुगल–मिट सञ्चालन सम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन गर्ने उल्लेख छ।
त्यस्तै  दशैं–तिहारको बीचमा वामपन्थी पार्टीका नेताहरुको उपस्थितिमा कम्युनिस्ट ज्ञानकोश लोकार्पण गर्ने, प्रत्येक महिनाको दोस्रो शनिबार नीतिगत र सामयिक विषयमा भर्चुअल डिस्कोर्स गर्ने, पुसको दोस्रो हप्ता बनभोज वा चियापान कार्यक्रम गर्ने कार्ययोजनामा उल्लेख छ।
कार्ययोजनामा मंसीरको दोस्रो हप्ता २३ औं चरणको एकहप्ते अनलाइन कक्षा, माघको तेस्रो हप्ता एकहप्ते अभ्यास प्रशिक्षण कक्षा, चैत्रको तेस्रो हप्ता २४ औँ चरणको अर्थतन्त्र र सुशासनलक्षित कक्षा जेठको तेस्रो हप्ता २५ औं चरणको युवालक्षित अनलाइन कक्षा सञ्चालन गर्ने उल्लेख छ।
त्यसैगरि वर्षभरि जुनकुनै समय जिल्ला शाखाले आयोजना गर्ने कक्षा/डिस्कोर्स र अन्तरक्रिया कार्यक्रमहरुमा केन्द्रले सहयोग गर्ने, उपत्यकाका कलेजमा अन्तरक्रिया र भौतिक कक्षा सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु तोकिएका छन्।
बैठकले केन्द्रीय विभाग, अध्ययन समूह, प्रदेश समितिको कार्ययोजनाका लागि दिशानिर्देशसमेत गरेको छ। त्यस्तै जिल्ला शाखा बिस्तार, अनुसन्धानको काम व्यवस्थित गर्ने र विभिन्न पुस्तकहरु प्रकाशन गर्नेसमेत कार्ययोजनामा समावेश गरिएको छ।
मार्क्सवादी ज्ञान केन्द्रको वार्षिक कार्ययोजना २०८१ को पूर्णपाठ डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्न सक्नुहुनेछ।
CLICK HERE AND DOWNLOAD


Comments

धेरै पढिएका

लोकप्रियतावाद पुँजीवादी विचारकै एक आयामः वक्ताहरू

अनुसन्धानका बाँकी काम एक महिनाभित्र टुङ्ग्याउने निर्णय

गुगल मिट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न