प्रदेश भेलाहरू सम्पन्न, अध्यक्षहरू अनुमोदित
काठमाडौँ, १ असोज। भदौ १५ गते मार्क्सवादी ज्ञान केन्द्रको केन्द्रीय अधिवेशन सम्पन्न भएपश्चात् केन्द्र प्रदेश अधिवेशनमा सक्रिय भएको छ। मंगलबारसम्म केन्द्रले लुम्बिनी, कोशी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न गरेको छ। भेलाले लुम्बिनीमा गेहेन्द्र ढकाल, कोशीमा सीता कडरिया, सुदूरपश्चिममा राजुराम सार्की भुल, कर्णालीमा जयशंकर धिताल र गण्डकीमा भीम सुवेदीले अध्यक्षमा अनुमोदन गरेको छ। प्रदेश अध्यक्षहरू केन्द्रले नै मनोनित गर्ने विधानको व्यवस्थाबमोजिम मधेश प्रदेशमा भुपनारायण यादव र बागमती प्रदेशमा सागर अधिकारी प्रदेश अध्यक्षमा चयन भइसकेका छन्। मधेश र बागमती प्रदेशमा भेला हुन बाँकी रहेकाले प्रदेश अध्यक्षको अनुमोदन र प्रदेश पदाधिकारी हेरफेर हुन बाँकी छन्। प्रदेशका भेलाहरूलाई मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष मनहरि तिमिल्सिना लगायत पदाधिकारी र सल्लाहकारहरूले दिशानिर्देश गर्नुभएको थियो। भेलामा प्रदेशमा क्रियाशील कम्युनिस्ट पार्टीका नेताहरूले शुभकामना मन्तव्य दिँदै मार्क्सवादी ज्ञान केन्द्रसँग मिलेर काम गर्न आफूहरू तयार रहेको बताउनुभयो। भेलाले प्रदेशमा कक्षा सञ्चालन,