चौंथो साधारण सभा तथा अधिवेशनका निर्णयहरू सार्वजनिक
काठमाडौँ, १८ भाद्र।
मार्क्सवादी ज्ञान केन्द्रको चौंथो साधारणसभा तथा दोस्रो अधिवेशन २०८१ भाद्र १५ गते, शनिबारका दिन सम्पन्न भयो । साधारणसभाद्वारा निर्वाचित केन्द्रीय समितिको प्रथम पूर्ण बैठक भाद्र १७ गते नवनिर्वाचित अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न गरियो । साधारण सभा तथा बैठकले लिएका निर्णयहरू जानकारीका लागि यो परिपत्र सम्प्रेषित गरिएको छ ।
१. सभामा काठमाडौंमा उपलब्ध साथीहरू भौतिक रूपमा उपस्थित हुनुभयो भने उपत्यका बाहिरका प्रतिनिधि/पर्यवेक्षकहरू भर्चुअल रूपमा (जुम) जोडिनुभयो । अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षता र महासचिव इन्द्रराज भट्टराईको सञ्चालनमा सम्पन्न सभामा करिब १३५ जना साथीहरू सहभागी रहनुभयो ।
२. कम्युनिस्ट अन्तर्राष्ट्रिय गीतबाट सुरू गरिएको साधारण सभा तथा अधिवेशनमा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता कमरेड प्रमेश हमाल र पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य कमरेड रेखा शर्माले शुभकामना मन्तव्यसहित अधिवेशनलाई दिशानिर्देश गर्नुभयो । सभामा सल्लाहकार समितिका संयोजक डा. निमानन्द रिजाल, सल्लाहकारहरू गोपीरमण उपाध्याय, मणिरत्न श्रेष्ठ, डा. सुरेन्द्र गिरि, डा. रूमा मानन्धर, बागमती प्रदेशका माननीय सदस्य इन्द्र गौतम, केन्द्रका कर्णाली प्रदेश सल्लाहकार मनऋषि धिताल लगायतका अतिथिहरू उपस्थित हुनुहुन्थ्यो ।
३. सभामा संस्थाका अध्यक्ष मनहरि तिमिल्सिनाले प्रगति प्रतिवेदन र कोषाध्यक्षको तर्फबाट वरिष्ठ उपाध्यक्ष विश्वेश्वर कट्टेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उक्त प्रतिवेदनमाथि समूह नेताका तर्फबाट जीवनाथ कट्टेल (कोशी), मनोज खनाल (मधेश), कार्ल बिक्रम थापा (बागमती), शालिकराम देवकोटा (गण्डकी), गेहेन्द्र ढकाल (लुम्बिनी), रविकिरण ओली (कर्णाली), गणेशा कार्की (महिला), राजुराम सार्की भुल (सुदूरपश्चिम), कमला ज्ञवाली (महिला) ले सुझाव तथा टिप्पणीसहितको अभिमत प्रस्तुत गर्नुभयो । उठेका जिज्ञासाको अध्यक्ष मनहरि तिमिल्सिनाले सम्बोधन गरेपछि प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरियो । सभाबाट पारित प्रतिवेदन यसैसाथ संलग्न गरी पठाइएको छ ।
४. सभामा संयोजक डा. निमानन्द रिजाल, सदस्यहरू विश्वेश्वर कट्टेल र जानुका पराजुली रहेको निर्वाचन समितिले केन्द्रीय समिति, सल्लाहकार समिति, प्रदेश अध्यक्षहरू, विभागका प्रमुख र सचिवहरू प्रस्ताव गर्यो । सभामा छलफलपश्चात् उक्त प्रस्ताव एकमतले पारित गरियो । अधिवेशनबाट निर्वाचित समितिहरू निम्नानुसार छन्:
(क) केन्द्रीय समिति
अध्यक्ष : मनहरि तिमिल्सिना – पर्वत
वरिष्ठ उपाध्यक्ष : इन्द्रराज भट्टराई – गोरखा
उपाध्यक्ष : रेशमकुमार अधिकारी – सल्यान
महासचिव : हुमनाथ न्यौपाने ‘सुदीप’ – रूपन्देही
उपमहासचिव : दुस्यान्त भट्टराई – मोरङ
सचिव : सागर अधिकारी – चितवन
कोषाध्यक्ष : राधिका ओझा – झापा
सदस्य : भीमप्रसाद सुवेदी – कास्की
सदस्य : भुपनारायण यादव – सर्लाही
सदस्य : त्रिविक्रम ज्ञवाली – भक्तपुर
सदस्य : सीता कडरिया – मोरङ
सदस्य : टीका ओली – रूपन्देही
सदस्य : डा. शंकर खतिवडा – नुवाकोट
सदस्य : आस्था घिमिरे – मकवानपुर
सदस्य : राजुराम सार्की भुल – कञ्चनपुर
सदस्य : मीनादेवी नेपाल – सिन्धुपाल्चोक
सदस्य : लक्ष्मण गुरुङ – झापा
(ख) सल्लाहकार समिति
सल्लाहकार संयोजक : डा. निमानन्द रिजाल (काठमाडौं)
सल्लाहकार सचिव : विश्वेश्वर कट्टेल (गोरखा)
सल्लाहकार : गोपीरमण उपाध्याय (रूपन्देही)
सल्लाहकार : रमाकान्त सापकोटा (चितवन)
सल्लाहकार : प्रा.डा. शोभाकान्त लामिछाने (कास्की)
सल्लाहकार : इन्द्र गौतम (रसुवा)
सल्लाहकार : श्री मणिरत्न श्रेष्ठ (काठमाडौं)
सल्लाहकार : डा. रूमा मानन्धर (काठमाडौं)
सल्लाहकार : नमिता न्यौपाने (मोरङ)
सल्लाहकार : जनार्दनबाबु कट्टेल (चितवन)
(ग) प्रदेश अध्यक्षहरू
कोशी – सीता कडरिया (मोरङ)
मधेश – भुपनारायण यादव (सर्लाही)
बागमती – सागर अधिकारी (चितवन)
गण्डकी – भीम सुवेदी (कास्की)
लुम्बिनी – गेहेन्द्र ढकाल (बर्दिया)
कर्णाली – जयशंकर धिताल (जुम्ला)
सूदुरपश्चिम – राजुराम सार्की भुल (कञ्चनपुर)
प्रदेश समितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरू केन्द्रीय अधिवेशन सम्पन्न भएपश्चात् प्रदेश भेलामार्फत् छनोट गरिनेछ ।
(घ) अनुशासन तथा मूल्याङ्कन विभाग
प्रमुख : विश्वेश्वर कट्टेल (गोरखा)
सचिव : नमिता न्यौपाने (मोरङ)
सदस्य : जनार्दनबाबु कट्टेल (चितवन)
सदस्य : जानुका पराजुली (सिन्धुपाल्चोक)
सदस्य : दुर्गाप्रसाद भण्डारी (कैलाली)
(ङ) प्रचार तथा प्रकाशन विभाग
प्रमुख : मनहरि तिमिल्सिना (पर्वत)
सचिव : गोपी ज्ञवाली (नवलपरासी)
सदस्य : ५ जना (केन्द्रीय समितिले मनोनित गर्ने)
(च) प्रशिक्षक समन्वय विभाग
प्रमुख : इन्द्रराज भट्टराई (गोरखा)
सचिव : कार्ल बिक्रम थापा (ललितपुर)
सदस्य : ९ जना (केन्द्रीय समितिले मनोनित गर्ने)
(छ) व्यवस्थापन विभाग
प्रमुख : दुस्यान्त भट्टराई (मोरङ)
सचिव : भुवन पौडेल (नवलपुर)
सदस्य : ७ जना (केन्द्रीय समितिले मनोनित गर्ने)
(ज) साहित्य–कला विभाग
प्रमुख : त्रिविक्रम ज्ञवाली (भक्तपुर)
सचिव : आस्था घिमिरे (मकवानपुर)
सदस्य : ३ जना (केन्द्रीय समितिले मनोनित गर्ने)
(झ) अक्षयकोष व्यवस्थापन समिति
संयोजक : डा. सुरेन्द्र गिरी (रूपन्देही)
सदस्य सचिव : राधिका ओझा (कोषाध्यक्ष पदेन)
सदस्य : ३ जना (केन्द्रीय समितिले मनोनित गर्ने)
५. सभामा अध्यक्ष मनहरि तिमिल्सिनाले नवनिर्वाचित केन्द्रीय समितिको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दै चौंथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न गर्न विभिन्न ढङ्गले भूमिका खेल्नुहुने, सहयोग गर्नुहुने र सद्भाव राख्नुहुने सबैप्रति हार्दिक आभार प्रकटसहित अधिवेशन समापन भएको घोषणा गर्नुभयो ।
६. अधिवेशनले संस्थाको कार्यविधिमा व्यवस्था भएबमोजिम उत्कृष्ट प्रदेशमा कोशी प्रदेश, उत्कृष्ट विभागमा प्रशिक्षक विभाग र वर्षव्यक्ति २०८० मा विश्वेश्वर कट्टेललाई छनोट गरिएको छ ।
७. अधिवेशनले पुरानो केन्द्रीय समितिमा रहेर योगदान गरेका र जिल्ला शाखाका संस्थापक अध्यक्षहरूलाई सम्मान गर्ने निर्णय गरिएको छ।
Comments
Post a Comment