Posts

मार्क्सवादी ज्ञान केन्द्रको वार्षिक कार्ययोजना २०८१ पारित (पूर्णपाठ)

Image
  काठमाडौँ। मार्क्सवादी ज्ञान केन्द्रको २०८१ भाद्र १५ गते सम्पन्न चौंथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकले वार्षिक कार्ययोजना २०८१ पारित गरेको छ। अध्यक्ष मनहरि तिमिल्सिना र संस्थाका सल्लाहकारहरुको आतिथ्यमा २०८१ असोज ७, ८ र ९ गते भर्चुअल माध्यमबाट सम्पन्न बैठकले कार्यविभाजन र वार्षिक कार्यक्रमसहितको वार्षिक कार्ययोजना पारित गरेको हो। कार्ययोजनामा असोजको दोस्रो हप्ता सोमबार केन्द्रीय विभाग, अध्ययन समूहका सदस्यहरु र प्रदेश पदाधिकारीहरुको बैठक, असोजको तेस्रो हप्ताको बिहीबार गुगल–मिट सञ्चालन सम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन गर्ने उल्लेख छ। त्यस्तै  दशैं–तिहारको बीचमा वामपन्थी पार्टीका नेताहरुको उपस्थितिमा कम्युनिस्ट ज्ञानकोश लोकार्पण गर्ने, प्रत्येक महिनाको दोस्रो शनिबार नीतिगत र सामयिक विषयमा भर्चुअल डिस्कोर्स गर्ने, पुसको दोस्रो हप्ता बनभोज वा चियापान कार्यक्रम गर्ने कार्ययोजनामा उल्लेख छ। कार्ययोजनामा मंसीरको दोस्रो हप्ता २३ औं चरणको एकहप्ते अनलाइन कक्षा, माघको तेस्रो हप्ता एकहप्ते अभ्यास प्रशिक्षण कक्षा, चैत्रको तेस्रो हप्ता २४ औँ चरणको अर्थतन्त्र र सुश

पुस्तक : “दिग्दर्शन - २०८०” पढ्नुहोस्

Image
  मार्क्सवादी ज्ञान केन्द्र कम्युनिस्ट आन्दोलनको एउटा स्कुल हो । यस स्कुलले मार्क्सवाद को रक्षा, प्रयोग र विकासका क्रममा हासिल गरिएका उपलब्धीहरुको संश्लेषण, नयाँ विचारको विकासका निम्ति अभिप्रेरित गर्ने र विचार र व्यवहारमा एकरुपतासहितको संगठनात्मक आधार तयार पार्न योगदान गर्नेछ । यो महाअभियानमा सबै सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुसँग साझेदारी र सहकार्यका आधारमा अगाडि बढ्न हामी संकल्पवद्ध छौं । यस दिशामा अगाडि बढ्न सम्पूर्ण अग्रज एवं सहयोद्धा क्रान्तिकारी मार्क्सवादीहरुमा हार्दिक अनुरोध गर्दछौं ।  २०८० मंसीरमा  प्रकाशित “दिग्दर्शन” यहाँ क्लिक गरी DOWNLOAD गर्न सकिनेछ।

पुस्तक : “मार्गनिर्देश - २०७७” पढ्नुहोस्

Image
  यस पुस्तकमा केन्द्रका अध्यक्षको मन्तव्य, महासचिवको प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, संस्थाको विधान, विनियम, कार्यविधि तथा आचारसंहिता, केन्द्रद्वारा निर्धारित पाठ्यक्रम, संस्थाका विभिन्न तहमा आवद्ध महानुभावहरुको नामावलीसमेत समावेश गरिएको छ । प्रस्तुत पुस्तक ज्ञान केन्द्रमा आवद्ध महानुभावहरुका लागि संग्रहित सामग्रीका रुपमा रहने अपेक्षा गर्दै यहाँहरुका महत्वपूर्ण सुझाव, टिप्पणी र आलोचनाको अपेक्षा गर्दछौं, धन्यवाद।  मार्क्सवादी ज्ञान केन्द्रको प्रकाशन मार्गनिर्देश पुस्तक DOWNLOAD गरेर पढ्नुहोस्।

प्रदेश भेलाहरू सम्पन्न, अध्यक्षहरू अनुमोदित

Image
काठमाडौँ, १ असोज। भदौ १५ गते मार्क्सवादी ज्ञान केन्द्रको केन्द्रीय अधिवेशन सम्पन्न भएपश्चात् केन्द्र प्रदेश अधिवेशनमा सक्रिय भएको छ।  मंगलबारसम्म केन्द्रले लुम्बिनी, कोशी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न गरेको छ। भेलाले लुम्बिनीमा गेहेन्द्र ढकाल, कोशीमा सीता कडरिया, सुदूरपश्चिममा राजुराम सार्की भुल, कर्णालीमा जयशंकर धिताल र गण्डकीमा भीम सुवेदीले अध्यक्षमा अनुमोदन गरेको छ। प्रदेश अध्यक्षहरू केन्द्रले नै मनोनित गर्ने विधानको व्यवस्थाबमोजिम मधेश प्रदेशमा भुपनारायण यादव र बागमती प्रदेशमा सागर अधिकारी प्रदेश अध्यक्षमा चयन भइसकेका छन्। मधेश र बागमती प्रदेशमा भेला हुन बाँकी रहेकाले प्रदेश अध्यक्षको अनुमोदन र प्रदेश पदाधिकारी हेरफेर हुन बाँकी छन्। प्रदेशका भेलाहरूलाई मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष मनहरि तिमिल्सिना लगायत पदाधिकारी र सल्लाहकारहरूले दिशानिर्देश गर्नुभएको थियो। भेलामा प्रदेशमा क्रियाशील कम्युनिस्ट पार्टीका नेताहरूले शुभकामना मन्तव्य दिँदै मार्क्सवादी ज्ञान केन्द्रसँग मिलेर काम गर्न आफूहरू तयार रहेको बताउनुभयो। भेलाले प्रदेशमा कक्षा सञ्चालन,

चौंथो साधारण सभा तथा अधिवेशनका निर्णयहरू सार्वजनिक

Image
काठमाडौँ, १८ भाद्र। मार्क्सवादी ज्ञान केन्द्रको चौंथो साधारणसभा तथा दोस्रो अधिवेशन २०८१ भाद्र १५ गते, शनिबारका दिन सम्पन्न भयो । साधारणसभाद्वारा निर्वाचित केन्द्रीय समितिको प्रथम पूर्ण बैठक भाद्र १७ गते नवनिर्वाचित अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न गरियो । साधारण सभा तथा बैठकले लिएका निर्णयहरू जानकारीका लागि यो परिपत्र सम्प्रेषित गरिएको छ । १. सभामा काठमाडौंमा उपलब्ध साथीहरू भौतिक रूपमा उपस्थित हुनुभयो भने उपत्यका बाहिरका प्रतिनिधि/पर्यवेक्षकहरू भर्चुअल रूपमा (जुम) जोडिनुभयो । अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षता र महासचिव इन्द्रराज भट्टराईको सञ्चालनमा सम्पन्न सभामा करिब १३५ जना साथीहरू सहभागी रहनुभयो । २. कम्युनिस्ट अन्तर्राष्ट्रिय गीतबाट सुरू गरिएको साधारण सभा तथा अधिवेशनमा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता कमरेड प्रमेश हमाल र पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य कमरेड रेखा शर्माले शुभकामना मन्तव्यसहित अधिवेशनलाई दिशानिर्देश गर्नुभयो । सभामा सल्लाहकार समितिका संयोजक डा. निमानन्द रिजाल, सल्लाहकारहरू गोपीरमण उपाध्याय, मणिरत्न श्रेष्ठ, डा. सुर

मार्क्सवादी ज्ञान केन्द्र साझा बौद्धिक मञ्चका रूपमा स्थापित हुँदैछ (प्रतिवेदनको पूर्णपाठ)

Image
 प्रिय प्रतिनिधि/पर्यवेक्षक साथीहरू,  प्रिय प्रतिनिधि/पर्यवेक्षक साथीहरू,  देश र जनताको मुक्ति र परिवर्तनका निम्ति जीवनको बलिदान गर्नुहुने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ, बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानसहित स्मरण गर्दछौँ। राजनीतिक परिवर्तनका निम्ति सञ्चालित विभिन्न सङ्घर्षमा घाइते र अङ्गभङ्ग हुनुभएका योद्धाहरूमा सम्मान, शीघ्र स्वास्थ्य लाभ र दीर्घजीवनको कामना गर्दछौँ। परिवर्तनका निम्ति योगदान गर्नुहुने सम्पूर्ण जनसमुदायमा सम्मान प्रकट गर्दछौँ। र, मार्क्सवादी ज्ञान केन्द्रको स्थापना, विकास, बिस्तार, निरन्तरता र गतिशीलताका पक्षमा विभिन्न ढङ्गले योगदान गर्नुहुने सम्पूर्ण राजनीतिक दल, राजनीतिक नेतृत्व, बुद्धिजीवी, सामाजिक व्यक्तित्व, मार्क्सवादी ज्ञान केन्द्रका विभिन्न जिम्मेवारीमा रहनुभएका साथीहरू, आजीवन सदस्यहरू र समस्त अध्येताहरूमा आभारसहित कृतज्ञता प्रकट गर्दछौँ। अध्ययन संस्कृतिको मुख्य ध्येयका साथ सुरु गरिएको अभियान पाँच वर्ष पूरा गर्दै अगाडि बढिरहेको छ। मार्क्सवादी ज्ञान केन्द्रको विधिवत स्थापना र तत्पश्चात् गरिएका गतिविधि एवं क्रियाकलापले ज्ञान केन्द्र देश

मार्क्सवादी ज्ञान केन्द्रको अध्यक्षमा पुनः तिमिल्सिना

Image
काठमाडौं– मार्क्सवादी ज्ञान केन्द्रको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः मनहरि तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । आज सम्पन्न अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा इन्द्रराज भट्टराई, उपाध्यक्षमा रेशमकुमार अधिकारी, महासचिवमा हुमनाथ न्यौपाने, उपमहासचिवमा दुस्यान्त भट्टराई, सचिवमा सागर अधिकारी र कोषाध्यक्षमा राधिका ओझा चयन भएका छन् । सदस्यमा भीमप्रसाद सुवेदी, भूपनारायण यादव, त्रिविक्रम ज्ञवाली, सीता कडरिया, टीका ओली, डा शंकर खतिवडा, आस्था घिमिरे, राजुराम सार्की भुल, मीनादेवी नेपाल र लक्ष्मण गुरुङ चयन भएका छन् । यस्तै, सभाले ज्ञान केन्द्रका विभाग प्रमुख र प्रदेश अध्यक्षसमेत चयन गरेको छ । अध्यक्ष तिमिल्सिनाले ज्ञान केन्द्रले वैचारिक कामलाई थप सशक्त ढङ्गले अगाडि बढाउने प्रतिबद्धता जनाए। नवनिर्वाचित कार्यसमितिले मार्क्सवादी विचार निर्माणमा महत्वपूर्ण योगदान गर्ने, केन्द्रप्रतिको अपेक्षा तथा भरोसालाई जीवन्त राख्ने क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की नेतृ एवं पूर्वमन्त्री रेखा शर्माले कम्युनिष्ट पार्टील

मार्क्सवादी ज्ञान केन्द्र : वामपन्थीहरूको साझा मञ्च

Image
    जनमतका दृष्टिले व्यापक रूप लिएको नेपालको कम्युनिष्ट आन्दोलन पछिल्लोसमय विचारधारात्मक रूपमा दिशाविहीन बन्ने खतरामा छ । दलाल नोकरशाही पुँजीवादले पैदा गरेका चुनौती छिचोल्न क्रान्तिकारी संकल्प गर्नुपर्नेमा संघर्षको केन्द्रमा रहेको कम्युनिष्ट पार्टी र यसको नेतृत्व नै कतै दलाल पुँजीवादसँग सहवरण गर्न लालयित त छैन ? यस्ता प्रश्नले सर्वहारा र श्रमजीवी वर्ग तरङ्गित छ । दार्शनिक विश्वदृष्टिकोणलाई भौतिक शक्तिमा बदल्दै मानवजातिको मुक्तिको संकल्प पूरा गर्न सक्ने सबैभन्दा आधारभूत र महत्त्वपूर्ण साधन मार्क्सवाद हो। समाजको परिवर्तनका लागि विचार र सङ्गठनको तागतबारे प्रष्ट्याउँदै एंगेल्स लेख्छन्, ‘हाम्रा निम्ति सोचिदिने दार्शनिकहरू र लडिदिने सर्वहारा भएपछि संसारमा त्यस्तो कुनै शक्ति होला, जसले हाम्रो प्रगतिको यात्रा रोक्न सकोस् ?’ एंगेल्सको उक्त भनाइले सर्वहारा एवम् श्रमजीवी वर्गको मुक्ति र कम्युनिष्ट समाजको निर्माणका लागि विचार र सङ्गठनको अविभाज्य सम्बन्धमा जोड दिन्छ। मार्क्सवाद प्रकृति, जीवन, समाज र चिन्तनको शरीर विज्ञान हो। यसले मानव जातिको मुक्तिका आकांक्षाहरू प्रतिनिधित्व गर्दछ। यस अर्थमा य

तेस्रो वार्षिक साधारण सभाबाट पारित प्रतिवेदन (पूर्णपाठ)

Image
  नेतृत्वको रणनीतिक सोंच र केही दर्जन साथीहरुको सामूहिक प्रयत्नको प्रतिफलस्वरुप स्थापित ज्ञान केन्द्र आज देशका सबै भूगोल, भाषा, जाति, समुदाय, दल एवं सामाजिक क्षेत्रले देख्ने/सुन्ने गरी स्थापित भएको छ। यो सफलताका पछाडि संस्थापक सदस्यहरु, प्रशिक्षकहरु, केन्द्रीय समिति, सल्लाहकार समिति, विभागीय समितिहरु, प्रदेश समितिहरु, जिल्ला शाखाहरुमा क्रियाशील साथीहरुका साथै आजीवन, एसोसियट र साधारण सदस्यहरु, विभिन्न चरणका कक्षामा सहभागी प्रशिक्षार्थी साथीहरु, बुद्धिजीवी वर्ग लगायत प्रगतिशील विचार र आचारका पक्षधर लाखौं नेपालीहरुको योगदान रहेको छ। तेस्रो साधारण सभाको यस अवसरमा ज्ञान केन्द्र समस्त महानुभावहरुको योगदानको उच्च प्रशंसा गर्दै सम्मान प्रकट गर्दछ। प्रतिवेदन DOWNLOAD गर्नुहोस्