गुगल मिट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रद्वारा आयोजित 'गुगल मिट' सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। भर्चुअल माध्यमबाट आयोजित अभिमुखीकरण कार्यक्रम शुक्रबार साँझ सम्पन्न भएको हो। 'गुगल मिट' कसरी चलाउने ? तथा गुगल मिटका सेवा सुविधाका बारेमा आइटी इन्जिनियर रामचन्द्र पौडेलले प्रस्तुति दिनुभएको थियो। भर्चुअल माध्यममार्फत अन्तर्क्रिया तथा अनलाइन कक्षा जस्ता कार्यको लागि गुगल मिट उपयुक्त र विश्वासिलो हुने उहाँको भनाइ छ। ‘गुगल मिट’मार्फत भिडियो बैठक, अनलाइन कक्षा तथा कुराकानी गर्न मिल्छ। अनलाइनमार्फत बैठक तथा कार्यक्रमहरू गर्नका लागि जुम जस्तै गुगल मिट पनि लोकप्रिय रहेको छ। गुगल मिट अन्य प्येलेटफर्मभन्दा सस्तो र सरल छन्। जीमेल अकाउन्ट साइन इन गरेर गुगल मिट सजिलै प्रयोग गर्न सकिन्छ। मिटको साधारण सेड्युल, स्क्रीन शेयरिङ, रियल टाइम क्याप्सन, रुचिअनुरूपको लेआउट, फराकिलो स्पष्ट देखिने स्क्रिनजस्ता फिचरहरू सबैले निःशुल्क रुपमा प्रयोग गर्न सकिन्छ। कार्यक्रममा मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले ज्ञान केन्द्रले भौतिक र भर्चुअल दुवै माध्यममार्फत निरन्तर आ...