अनुसन्धानलाई तीव्रता दिने कार्यदलको निर्णय

काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले अध्ययन अनुसन्धानका बाँकी कामलाई तीव्रता दिने भएको छ। शुक्रबार साँझ भर्चुअल माध्यमबाट बसेको ज्ञान केन्द्रको अनुसन्धान कार्य सम्पन्न गर्न गठित कार्यदल र अध्ययन अनुसन्धान समूहका संयोजकहरूको संयुक्त बैठकले अध्ययन अनुसन्धानका बाँकी कामलाई तीव्रताका साथ अगाडि बढाउने निर्णय गरेको हो। बैठकले मंसीरभित्र शोध कार्य सम्पन्न गर्ने निर्णय गरेको छ। अघिल्लो वर्षमा ज्ञान केन्द्रले विषयगत अध्ययन अनुसन्धानलाई आ-आफ्नो क्षेत्रगत विषयमा अध्ययन अनुसन्धान गर्ने जिम्मेवारी सुम्पेको थियो। ज्ञान केन्द्रले अध्ययन अनुसन्धानको लागि दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, इतिहास, विज्ञान र प्रविधि, नेपाल चिन्तन र बहुविधा साक्षरता समूह बनाएको छ। हरेक समूहले आ-आफ्नो विषयगत क्षेत्रको अध्ययन गरी केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउन भनिएको थियो। शुक्रबार बसेको कार्यदलको बैठकमा अध्ययन समूहका कार्यप्रगतिको विषयमा छलफल भएको थियो। बैठकमा अध्ययन समूहका संयोजकहरूले कार्यप्रगतिबारे आ-आफ्नो प्रस्तुति राखेका थिए। अधिकांश अध्ययन समूहले आफ्नो अनुसन्धानका कामहरूलाई अन्तिम चरणमा पुर...