लोकप्रियतावाद पुँजीवादी विचारकै एक आयामः वक्ताहरू

काठमाडौँ, २३ कार्तिक। लोकप्रियतावाद पुँजीवादी विचारकै एउटा आयाम भएकोमा वक्ताहरूले जोड दिएका छन्। मार्क्सवादी ज्ञान केन्द्र गण्डकी प्रदेशको आयोजनामा बिहीबार पोखरामा आयोजित लोकप्रियतावादः सिद्धान्त, समस्या र समाधान विषयक डिस्कोर्समा बोल्दै वक्ताहरूले उक्त कुरामा जोड दिएका हुन्। कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य माधव सापकोटाले लोकप्रियतावाद कुनै दर्शन र सिद्धान्त नभएर जनमत आफूतर्फ तान्न क्षणिक रूपमा अगाडि आएको दृष्टिकोण भएको बताउनुभयो। डिस्कोर्समा उहाँले भन्नुभयो, ‘‘लोकप्रियतावाद कुनै दर्शन होइन, सिद्धान्त पनि होइन। शक्ति आर्जनका निम्ति यसले जनताका मुद्दा उठाउँछ, व्यवस्थामाथि प्रहार गर्छ। यसले समस्याको उठान चाहिँ गर्छ। तर, समाधान दिन सक्दैन।’’ लोकप्रियतावादी विचार र कार्यक्रमले नेपाली राजनीतिसमेत प्रभावित गरिरहेकोमा जोड दिँदै सांसद सापकोटाले दलहरूले दीर्घकालीन नीति, योजना र कार्यक्रम एवं जनविश्वासमार्फत यस्तो प्रवृत्तिलाई पराजित गर्नुपर्नेमा जोड दिनुभयो। डिस्कोर्समा एकीकृत समाजवादीका सचिव श्रीनाथ बरालले लोकप्रियतावादी राजनीति ठूला दलहरूको असफलता र संक्रमणकाल...