Posts

वामपन्थीहरू समीक्षात्मक ढङ्गले अगाडि बढ्नुपर्नेमा जोड

Image
काठमाडौं। नेपाल कम्युनिष्ट आन्दोलनका उपलब्धिको रक्षा गर्दै कमीकमजोरी सुधारको पक्षमा वामपन्थी दलहरू केन्द्रित हुनुपर्नेमा वक्ताहरूले जोड दिनुभएको छ। मार्क्सवादी ज्ञान केन्द्र कोशी प्रदेशको आयोजनामा शुक्रबार भर्चुअल माध्यममा आयोजित पूर्वी नेपालमा कम्युनिष्ट आन्दोलन : चुनौती र समाधान विषयक अन्तर्क्रियामा बोल्दै वक्ताहरूले उक्त कुरामा जोड दिनुभएको हो। कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउन वामपन्थीहरू समीक्षात्मक ढङ्गले अगाडि बढ्नुपर्ने उहाँहरुको धारणा छ। कार्यक्रममा मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले नेपालका ठूला राजनीतिक परिवर्तनमा कम्युनिष्ट आन्दोलनको भूमिका अहम् रहेको बताउनुभयो। आन्दोलनमा केही कमजोरी देखिए पनि सर्वहारा वर्गको हक अधिकार स्थापित गर्न सफल भएको उहाँको भनाइ थियो। यद्यपि स्थापित हक अधिकारलाई कार्यान्वयनमा भने कमजोरी देखिएको बताउनुभयो। अध्यक्ष तिमिल्सिनाले कम्युनिष्ट नेतृत्वको आचार व्यवहारका कारण पनि त्यसमा समस्या देखा परेको बताउनुभयो।  कम्युनिष्ट आन्दोलनमा आचार व्यवहारको विषय अब छलफलको विषय बन्नुपर्ने उहाँको धारणा थियो। 'सिद्धान्त र चिन्तन मिलाउन आ...

अनुसन्धानका बाँकी काम एक महिनाभित्र टुङ्ग्याउने निर्णय

Image
काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले अघिल्लो वर्षको बाँकी अनुसन्धानका कार्य तीव्र गतिमा अगाडि बढाउने निर्णय गरेको छ। सोमबार साँझ भर्चुअल माध्यमबाट बसेको अनुसन्धान कार्य सम्पन्न गर्न गठित कार्यदलको बैठकले अनुसन्धानका बाँकी कार्य एक महिनाभित्र निष्कर्षतर्फ लैजाने निर्णय गरेको छ।  बैठकले त्यसको लागि कार्यदलका सदस्यहरूको केही जिम्मेवारीमा हेरफेर र जिम्मेवारी तोक्ने काम पनि गरेको छ। अनुसन्धानका कामलाई निष्कर्षमा पुर्‍याउन मार्क्सवादी ज्ञान केन्द्रमा आवद्ध विज्ञहरूको सहयोग लिने पनि निर्णय गरेको छ। अनुसन्धानका विषयवस्तुमा अभिमत लिने कार्यको जिम्मेवारी कार्यदलका सदस्य दुस्यान्त भट्टराई र आस्था घिमिरेलाई सुम्पिएको छ।  त्यस्तै, अनुसन्धानका विषयहरूको पाण्डुलिपि र शोध आलेख लेखन कार्यको लागि कार्यदलका सदस्यहरू अध्यक्ष तिमिल्सिना, डा. निमानन्द रिजाल, विशेश्वर कट्टेल, जानुका पराजुली, त्रिविक्रम ज्ञवाली र रेशमकुमार अधिकारीलाई जिम्मेवारी तोकेको छ। जिम्मेवारी पुरा गर्न मङ्सिर २५ गतेसम्मको समय दिइएको छ।  बैठकमा अध्यक्ष तिमिल्सिनाले अनुसन्धानका कार्यलाई सम्पन्न गर्न जिम्मेवार ढङ्गले लाग्न न...

गुगल मिट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Image
काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रद्वारा आयोजित 'गुगल मिट' सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। भर्चुअल माध्यमबाट आयोजित अभिमुखीकरण कार्यक्रम शुक्रबार साँझ सम्पन्न भएको हो। 'गुगल मिट' कसरी चलाउने ? तथा गुगल मिटका सेवा सुविधाका बारेमा आइटी इन्जिनियर रामचन्द्र पौडेलले प्रस्तुति दिनुभएको थियो। भर्चुअल माध्यममार्फत अन्तर्क्रिया तथा अनलाइन कक्षा जस्ता कार्यको लागि गुगल मिट उपयुक्त र विश्वासिलो हुने उहाँको भनाइ छ। ‘गुगल मिट’मार्फत भिडियो बैठक, अनलाइन कक्षा तथा कुराकानी गर्न मिल्छ। अनलाइनमार्फत बैठक तथा कार्यक्रमहरू गर्नका लागि जुम जस्तै गुगल मिट पनि लोकप्रिय रहेको छ। गुगल मिट अन्य प्येलेटफर्मभन्दा सस्तो र सरल छन्। जीमेल अकाउन्ट साइन इन गरेर गुगल मिट सजिलै प्रयोग गर्न सकिन्छ। मिटको साधारण सेड्युल, स्क्रीन शेयरिङ, रियल टाइम क्याप्सन, रुचिअनुरूपको लेआउट, फराकिलो स्पष्ट देखिने स्क्रिनजस्ता फिचरहरू सबैले निःशुल्क रुपमा प्रयोग गर्न सकिन्छ। कार्यक्रममा मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले ज्ञान केन्द्रले भौतिक र भर्चुअल दुवै माध्यममार्फत निरन्तर आ...

लोकप्रियतावाद पुँजीवादी विचारकै एक आयामः वक्ताहरू

Image
काठमाडौँ, २३ कार्तिक। लोकप्रियतावाद पुँजीवादी विचारकै एउटा आयाम भएकोमा वक्ताहरूले जोड दिएका छन्। मार्क्सवादी ज्ञान केन्द्र गण्डकी प्रदेशको आयोजनामा बिहीबार पोखरामा आयोजित लोकप्रियतावादः सिद्धान्त, समस्या र समाधान विषयक डिस्कोर्समा बोल्दै वक्ताहरूले उक्त कुरामा जोड दिएका हुन्। कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य माधव सापकोटाले लोकप्रियतावाद कुनै दर्शन र सिद्धान्त नभएर जनमत आफूतर्फ तान्न क्षणिक रूपमा अगाडि आएको दृष्टिकोण भएको बताउनुभयो। डिस्कोर्समा उहाँले भन्नुभयो, ‘‘लोकप्रियतावाद कुनै दर्शन होइन, सिद्धान्त पनि होइन। शक्ति आर्जनका निम्ति यसले जनताका मुद्दा उठाउँछ, व्यवस्थामाथि प्रहार गर्छ। यसले समस्याको उठान चाहिँ गर्छ। तर, समाधान दिन सक्दैन।’’ लोकप्रियतावादी विचार र कार्यक्रमले नेपाली राजनीतिसमेत प्रभावित गरिरहेकोमा जोड दिँदै सांसद सापकोटाले दलहरूले दीर्घकालीन नीति, योजना र कार्यक्रम एवं जनविश्वासमार्फत यस्तो प्रवृत्तिलाई पराजित गर्नुपर्नेमा जोड दिनुभयो। डिस्कोर्समा एकीकृत समाजवादीका सचिव श्रीनाथ बरालले लोकप्रियतावादी राजनीति ठूला दलहरूको असफलता र संक्रमणकाल...

निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने निर्णय

Image
काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले नेपालमा भ्रष्टाचारका चुनौती र नियन्त्रणका प्रयासका सम्बन्धमा अन्तरक्रिया गर्ने भएको छ। सोमबार साँझ भर्चुअलरुपमा संस्थाका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा बसेको केन्द्रीय समितिको नियमित बैठकले कार्तिक २४ गते (शनिबार) बिहान 'नेपालमा भ्रष्टाचार : चुनौती र नियन्त्रणका प्रयासहरू' विषयमा भर्चुअल डिस्कोर्स गर्ने निर्णय गरेको हो। बैठकले 'राजनीतिक रूपान्तरणमा अध्ययन संस्कृतिको महत्त्व' विषयमा निबन्ध लेखन प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ। प्रतियोगितामा मार्क्सवादी ज्ञान केन्द्रका आजीवन र एसोसियट सदस्यहरूले प्रतिस्पर्धा गर्न पाउने मापदण्ड तय गरेको छ। त्यस्तै मार्क्सवादी ज्ञान केन्द्रद्वारा प्रकाशित 'कम्युनिस्ट ज्ञानकोश' पुस्तक मंसीरको पहिलो साता लोकार्पण गर्ने निर्णय पनि गरेको छ। बैठकले शोध परियोजनाको काम सम्पन्न गर्ने अख्तियारी ज्ञान केन्द्रका सल्लाहकार डा. निमानन्द रिजाल नेतृत्वको टीमलाई दिने निर्णय पनि गरेको छ। उक्त कार्यको लागि केन्द्रीय समितिले आवश्यक सहयोग र बागमती प्रदेशले व्यवस्थापकीय संयोजन गर्ने छ। तथ्याङ्क सङ्कलनमा...

अनुसन्धानलाई तीव्रता दिने कार्यदलको निर्णय

Image
काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले अध्ययन अनुसन्धानका बाँकी कामलाई तीव्रता दिने भएको छ। शुक्रबार साँझ भर्चुअल माध्यमबाट बसेको ज्ञान केन्द्रको अनुसन्धान कार्य सम्पन्न गर्न गठित कार्यदल र अध्ययन अनुसन्धान समूहका संयोजकहरूको संयुक्त बैठकले अध्ययन अनुसन्धानका बाँकी कामलाई तीव्रताका साथ अगाडि बढाउने निर्णय गरेको हो। बैठकले मंसीरभित्र शोध कार्य सम्पन्न गर्ने निर्णय गरेको छ। अघिल्लो वर्षमा ज्ञान केन्द्रले विषयगत अध्ययन अनुसन्धानलाई आ-आफ्नो क्षेत्रगत विषयमा अध्ययन अनुसन्धान गर्ने जिम्मेवारी सुम्पेको थियो। ज्ञान केन्द्रले अध्ययन अनुसन्धानको लागि दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, इतिहास, विज्ञान र प्रविधि, नेपाल चिन्तन र बहुविधा साक्षरता समूह बनाएको छ। हरेक समूहले आ-आफ्नो विषयगत क्षेत्रको अध्ययन गरी केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउन भनिएको थियो। शुक्रबार बसेको कार्यदलको बैठकमा अध्ययन समूहका कार्यप्रगतिको विषयमा छलफल भएको थियो। बैठकमा अध्ययन समूहका संयोजकहरूले कार्यप्रगतिबारे आ-आफ्नो प्रस्तुति राखेका थिए। अधिकांश अध्ययन समूहले आफ्नो अनुसन्धानका कामहरूलाई अन्तिम चरणमा पुर...

कम्युनिस्ट ज्ञानकोश पुस्तक बजारमा

Image
  काठमाडौँ। मार्क्सवादी  ज्ञान केन्द्रद्वारा प्रकाशित पुस्तक “कम्युनिस्ट ज्ञानकोश” बजारमा आएको छ। मनहरि तिमिल्सिना प्रधान सम्पादक र विश्वेश्वर कट्टेल, इन्दिरा न्यौपाने, कार्ल विक्रम थापा, कुलचन्द्र अर्याल, आस्था घिमिरे, आशिष भूर्तेल, मनोज शर्मा, केशव ज्ञवाली सम्पादक मण्डल रहनुभएको पुस्तक यसै साता बजारमा आएको हो। ७२८ पृष्ठ रहेको उक्त पुस्तकको बितरकमा इन्डिको इन्क प्रकाशन गृह रहेको छ। पुस्तक २४ भागको संरचनामा रहेको सम्पादक मण्डलका सदस्य विश्वेश्वर कट्टेलले जानकारी दिनुभयो। पुस्तकमा नेपाल सरकारका प्रधानमन्त्रीको हैसियतले पुष्पकमल दाहाल “प्रचण्ड”ले मन्तव्य दिनुभएको छ। पुस्तकमा २४ भाग छन्, जसमा पारिभाषिक राजनीतिक शब्दहरू, केही महत्वपूर्ण युक्तिहरू, दर्शनसम्बन्धी विषयहरू, विश्वप्रसिद्ध चिन्तकहरू, राजनीतिक अर्थशास्त्र सम्बन्धी विषयहरू, वित्तीय साक्षरता, वैज्ञानिक समाजवाद सम्बन्धी विषयहरू, विश्वप्रसिद्ध व्यक्तित्वहरू, नेपालको परिचय र इतिहास, नेपालको प्रशासनिक विभाजन, नेपालको संविधान र कानुनहरू, विश्व कम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख उपल...

अभिमुखीकरण बैठकः वार्षिक कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय

Image
 काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले मार्क्सवादी दर्शनको अध्ययन संस्कृतिलाई अझ सशक्त ढङ्गले अघि बढाउने निर्णय गरेको छ। ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा बुधबार साँझ भर्चुअल माध्यमबाट बसेको मार्क्सवादी ज्ञान केन्द्रको केन्द्रीय समिति र प्रदेश पदाधिकारीहरूको संयुक्त बैठकले अध्ययनका कार्यलाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको हो। बैठकले अध्ययन संस्कृतिको विकाशका लागि मार्क्सवादी ज्ञान केन्द्रलाई जिल्ला तहसम्म बिस्तार गर्ने निर्णय पनि गरेको छ। ज्ञान केन्द्रले उक्त कार्यको लागि प्रदेश शाखाहरूलाई जिम्मेवारी सुम्पेको छ। प्रत्येक प्रदेश शाखाले आगामी आर्थिक वर्षभित्र तीन जिल्लामा शाखा बिस्तार गर्ने, जिल्लामा समन्वय गर्ने संयन्त्र बनाउने निर्णय गरेको छ। मार्क्सवादी ज्ञानप्रति रूचि बढाउने गरी ज्ञान केन्द्रका सबै शाखाहरूले अध्ययनका कार्यक्रम सञ्चालन गर्ने, अध्ययन संस्कृतिलाई प्रवर्धन गर्ने रचनात्मक कार्यक्रमको आयोजना गर्ने, पठनपाठनका भौतिक तथा भर्चुअल कार्यक्रम सञ्चालन गर्ने, अध्ययन समूहलाई वैचारिक लेख रचनाको निम्ति प्रोत्साहित गर्ने, मार्क्सवादी दर्शनसम्बन्धी पुस...

मार्क्सवादी ज्ञान केन्द्रको वार्षिक कार्ययोजना २०८१ पारित (पूर्णपाठ)

Image
  काठमाडौँ। मार्क्सवादी ज्ञान केन्द्रको २०८१ भाद्र १५ गते सम्पन्न चौंथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकले वार्षिक कार्ययोजना २०८१ पारित गरेको छ। अध्यक्ष मनहरि तिमिल्सिना र संस्थाका सल्लाहकारहरुको आतिथ्यमा २०८१ असोज ७, ८ र ९ गते भर्चुअल माध्यमबाट सम्पन्न बैठकले कार्यविभाजन र वार्षिक कार्यक्रमसहितको वार्षिक कार्ययोजना पारित गरेको हो। कार्ययोजनामा असोजको दोस्रो हप्ता सोमबार केन्द्रीय विभाग, अध्ययन समूहका सदस्यहरु र प्रदेश पदाधिकारीहरुको बैठक, असोजको तेस्रो हप्ताको बिहीबार गुगल–मिट सञ्चालन सम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन गर्ने उल्लेख छ। त्यस्तै  दशैं–तिहारको बीचमा वामपन्थी पार्टीका नेताहरुको उपस्थितिमा कम्युनिस्ट ज्ञानकोश लोकार्पण गर्ने, प्रत्येक महिनाको दोस्रो शनिबार नीतिगत र सामयिक विषयमा भर्चुअल डिस्कोर्स गर्ने, पुसको दोस्रो हप्ता बनभोज वा चियापान कार्यक्रम गर्ने कार्ययोजनामा उल्लेख छ। कार्ययोजनामा मंसीरको दोस्रो हप्ता २३ औं चरणको एकहप्ते अनलाइन कक्षा, माघको तेस्रो हप्ता एकहप्ते अभ्यास प्रशिक्षण कक्षा, चैत्रको तेस्रो हप्ता २४ औँ चरणको अर्थतन्...

पुस्तक : “दिग्दर्शन - २०८०” पढ्नुहोस्

Image
  मार्क्सवादी ज्ञान केन्द्र कम्युनिस्ट आन्दोलनको एउटा स्कुल हो । यस स्कुलले मार्क्सवाद को रक्षा, प्रयोग र विकासका क्रममा हासिल गरिएका उपलब्धीहरुको संश्लेषण, नयाँ विचारको विकासका निम्ति अभिप्रेरित गर्ने र विचार र व्यवहारमा एकरुपतासहितको संगठनात्मक आधार तयार पार्न योगदान गर्नेछ । यो महाअभियानमा सबै सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुसँग साझेदारी र सहकार्यका आधारमा अगाडि बढ्न हामी संकल्पवद्ध छौं । यस दिशामा अगाडि बढ्न सम्पूर्ण अग्रज एवं सहयोद्धा क्रान्तिकारी मार्क्सवादीहरुमा हार्दिक अनुरोध गर्दछौं ।  २०८० मंसीरमा  प्रकाशित “दिग्दर्शन” यहाँ क्लिक गरी DOWNLOAD गर्न सकिनेछ।