Posts

निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने निर्णय

Image
काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले नेपालमा भ्रष्टाचारका चुनौती र नियन्त्रणका प्रयासका सम्बन्धमा अन्तरक्रिया गर्ने भएको छ। सोमबार साँझ भर्चुअलरुपमा संस्थाका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा बसेको केन्द्रीय समितिको नियमित बैठकले कार्तिक २४ गते (शनिबार) बिहान 'नेपालमा भ्रष्टाचार : चुनौती र नियन्त्रणका प्रयासहरू' विषयमा भर्चुअल डिस्कोर्स गर्ने निर्णय गरेको हो। बैठकले 'राजनीतिक रूपान्तरणमा अध्ययन संस्कृतिको महत्त्व' विषयमा निबन्ध लेखन प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ। प्रतियोगितामा मार्क्सवादी ज्ञान केन्द्रका आजीवन र एसोसियट सदस्यहरूले प्रतिस्पर्धा गर्न पाउने मापदण्ड तय गरेको छ। त्यस्तै मार्क्सवादी ज्ञान केन्द्रद्वारा प्रकाशित 'कम्युनिस्ट ज्ञानकोश' पुस्तक मंसीरको पहिलो साता लोकार्पण गर्ने निर्णय पनि गरेको छ। बैठकले शोध परियोजनाको काम सम्पन्न गर्ने अख्तियारी ज्ञान केन्द्रका सल्लाहकार डा. निमानन्द रिजाल नेतृत्वको टीमलाई दिने निर्णय पनि गरेको छ। उक्त कार्यको लागि केन्द्रीय समितिले आवश्यक सहयोग र बागमती प्रदेशले व्यवस्थापकीय संयोजन गर्ने छ। तथ्याङ्क सङ्कलनमा

अनुसन्धानलाई तीव्रता दिने कार्यदलको निर्णय

Image
काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले अध्ययन अनुसन्धानका बाँकी कामलाई तीव्रता दिने भएको छ। शुक्रबार साँझ भर्चुअल माध्यमबाट बसेको ज्ञान केन्द्रको अनुसन्धान कार्य सम्पन्न गर्न गठित कार्यदल र अध्ययन अनुसन्धान समूहका संयोजकहरूको संयुक्त बैठकले अध्ययन अनुसन्धानका बाँकी कामलाई तीव्रताका साथ अगाडि बढाउने निर्णय गरेको हो। बैठकले मंसीरभित्र शोध कार्य सम्पन्न गर्ने निर्णय गरेको छ। अघिल्लो वर्षमा ज्ञान केन्द्रले विषयगत अध्ययन अनुसन्धानलाई आ-आफ्नो क्षेत्रगत विषयमा अध्ययन अनुसन्धान गर्ने जिम्मेवारी सुम्पेको थियो। ज्ञान केन्द्रले अध्ययन अनुसन्धानको लागि दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, इतिहास, विज्ञान र प्रविधि, नेपाल चिन्तन र बहुविधा साक्षरता समूह बनाएको छ। हरेक समूहले आ-आफ्नो विषयगत क्षेत्रको अध्ययन गरी केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउन भनिएको थियो। शुक्रबार बसेको कार्यदलको बैठकमा अध्ययन समूहका कार्यप्रगतिको विषयमा छलफल भएको थियो। बैठकमा अध्ययन समूहका संयोजकहरूले कार्यप्रगतिबारे आ-आफ्नो प्रस्तुति राखेका थिए। अधिकांश अध्ययन समूहले आफ्नो अनुसन्धानका कामहरूलाई अन्तिम चरणमा पुर

कम्युनिस्ट ज्ञानकोश पुस्तक बजारमा

Image
  काठमाडौँ। मार्क्सवादी  ज्ञान केन्द्रद्वारा प्रकाशित पुस्तक “कम्युनिस्ट ज्ञानकोश” बजारमा आएको छ। मनहरि तिमिल्सिना प्रधान सम्पादक र विश्वेश्वर कट्टेल, इन्दिरा न्यौपाने, कार्ल विक्रम थापा, कुलचन्द्र अर्याल, आस्था घिमिरे, आशिष भूर्तेल, मनोज शर्मा, केशव ज्ञवाली सम्पादक मण्डल रहनुभएको पुस्तक यसै साता बजारमा आएको हो। ७२८ पृष्ठ रहेको उक्त पुस्तकको बितरकमा इन्डिको इन्क प्रकाशन गृह रहेको छ। पुस्तक २४ भागको संरचनामा रहेको सम्पादक मण्डलका सदस्य विश्वेश्वर कट्टेलले जानकारी दिनुभयो। पुस्तकमा नेपाल सरकारका प्रधानमन्त्रीको हैसियतले पुष्पकमल दाहाल “प्रचण्ड”ले मन्तव्य दिनुभएको छ। पुस्तकमा २४ भाग छन्, जसमा पारिभाषिक राजनीतिक शब्दहरू, केही महत्वपूर्ण युक्तिहरू, दर्शनसम्बन्धी विषयहरू, विश्वप्रसिद्ध चिन्तकहरू, राजनीतिक अर्थशास्त्र सम्बन्धी विषयहरू, वित्तीय साक्षरता, वैज्ञानिक समाजवाद सम्बन्धी विषयहरू, विश्वप्रसिद्ध व्यक्तित्वहरू, नेपालको परिचय र इतिहास, नेपालको प्रशासनिक विभाजन, नेपालको संविधान र कानुनहरू, विश्व कम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख उपलब्धीहरू,

अभिमुखीकरण बैठकः वार्षिक कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय

Image
 काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले मार्क्सवादी दर्शनको अध्ययन संस्कृतिलाई अझ सशक्त ढङ्गले अघि बढाउने निर्णय गरेको छ। ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा बुधबार साँझ भर्चुअल माध्यमबाट बसेको मार्क्सवादी ज्ञान केन्द्रको केन्द्रीय समिति र प्रदेश पदाधिकारीहरूको संयुक्त बैठकले अध्ययनका कार्यलाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको हो। बैठकले अध्ययन संस्कृतिको विकाशका लागि मार्क्सवादी ज्ञान केन्द्रलाई जिल्ला तहसम्म बिस्तार गर्ने निर्णय पनि गरेको छ। ज्ञान केन्द्रले उक्त कार्यको लागि प्रदेश शाखाहरूलाई जिम्मेवारी सुम्पेको छ। प्रत्येक प्रदेश शाखाले आगामी आर्थिक वर्षभित्र तीन जिल्लामा शाखा बिस्तार गर्ने, जिल्लामा समन्वय गर्ने संयन्त्र बनाउने निर्णय गरेको छ। मार्क्सवादी ज्ञानप्रति रूचि बढाउने गरी ज्ञान केन्द्रका सबै शाखाहरूले अध्ययनका कार्यक्रम सञ्चालन गर्ने, अध्ययन संस्कृतिलाई प्रवर्धन गर्ने रचनात्मक कार्यक्रमको आयोजना गर्ने, पठनपाठनका भौतिक तथा भर्चुअल कार्यक्रम सञ्चालन गर्ने, अध्ययन समूहलाई वैचारिक लेख रचनाको निम्ति प्रोत्साहित गर्ने, मार्क्सवादी दर्शनसम्बन्धी पुस्तक

मार्क्सवादी ज्ञान केन्द्रको वार्षिक कार्ययोजना २०८१ पारित (पूर्णपाठ)

Image
  काठमाडौँ। मार्क्सवादी ज्ञान केन्द्रको २०८१ भाद्र १५ गते सम्पन्न चौंथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकले वार्षिक कार्ययोजना २०८१ पारित गरेको छ। अध्यक्ष मनहरि तिमिल्सिना र संस्थाका सल्लाहकारहरुको आतिथ्यमा २०८१ असोज ७, ८ र ९ गते भर्चुअल माध्यमबाट सम्पन्न बैठकले कार्यविभाजन र वार्षिक कार्यक्रमसहितको वार्षिक कार्ययोजना पारित गरेको हो। कार्ययोजनामा असोजको दोस्रो हप्ता सोमबार केन्द्रीय विभाग, अध्ययन समूहका सदस्यहरु र प्रदेश पदाधिकारीहरुको बैठक, असोजको तेस्रो हप्ताको बिहीबार गुगल–मिट सञ्चालन सम्बन्धी अभिमुखीकरण कक्षा सञ्चालन गर्ने उल्लेख छ। त्यस्तै  दशैं–तिहारको बीचमा वामपन्थी पार्टीका नेताहरुको उपस्थितिमा कम्युनिस्ट ज्ञानकोश लोकार्पण गर्ने, प्रत्येक महिनाको दोस्रो शनिबार नीतिगत र सामयिक विषयमा भर्चुअल डिस्कोर्स गर्ने, पुसको दोस्रो हप्ता बनभोज वा चियापान कार्यक्रम गर्ने कार्ययोजनामा उल्लेख छ। कार्ययोजनामा मंसीरको दोस्रो हप्ता २३ औं चरणको एकहप्ते अनलाइन कक्षा, माघको तेस्रो हप्ता एकहप्ते अभ्यास प्रशिक्षण कक्षा, चैत्रको तेस्रो हप्ता २४ औँ चरणको अर्थतन्त्र र सुश

पुस्तक : “दिग्दर्शन - २०८०” पढ्नुहोस्

Image
  मार्क्सवादी ज्ञान केन्द्र कम्युनिस्ट आन्दोलनको एउटा स्कुल हो । यस स्कुलले मार्क्सवाद को रक्षा, प्रयोग र विकासका क्रममा हासिल गरिएका उपलब्धीहरुको संश्लेषण, नयाँ विचारको विकासका निम्ति अभिप्रेरित गर्ने र विचार र व्यवहारमा एकरुपतासहितको संगठनात्मक आधार तयार पार्न योगदान गर्नेछ । यो महाअभियानमा सबै सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुसँग साझेदारी र सहकार्यका आधारमा अगाडि बढ्न हामी संकल्पवद्ध छौं । यस दिशामा अगाडि बढ्न सम्पूर्ण अग्रज एवं सहयोद्धा क्रान्तिकारी मार्क्सवादीहरुमा हार्दिक अनुरोध गर्दछौं ।  २०८० मंसीरमा  प्रकाशित “दिग्दर्शन” यहाँ क्लिक गरी DOWNLOAD गर्न सकिनेछ।

पुस्तक : “मार्गनिर्देश - २०७७” पढ्नुहोस्

Image
  यस पुस्तकमा केन्द्रका अध्यक्षको मन्तव्य, महासचिवको प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, संस्थाको विधान, विनियम, कार्यविधि तथा आचारसंहिता, केन्द्रद्वारा निर्धारित पाठ्यक्रम, संस्थाका विभिन्न तहमा आवद्ध महानुभावहरुको नामावलीसमेत समावेश गरिएको छ । प्रस्तुत पुस्तक ज्ञान केन्द्रमा आवद्ध महानुभावहरुका लागि संग्रहित सामग्रीका रुपमा रहने अपेक्षा गर्दै यहाँहरुका महत्वपूर्ण सुझाव, टिप्पणी र आलोचनाको अपेक्षा गर्दछौं, धन्यवाद।  मार्क्सवादी ज्ञान केन्द्रको प्रकाशन मार्गनिर्देश पुस्तक DOWNLOAD गरेर पढ्नुहोस्।

प्रदेश भेलाहरू सम्पन्न, अध्यक्षहरू अनुमोदित

Image
काठमाडौँ, १ असोज। भदौ १५ गते मार्क्सवादी ज्ञान केन्द्रको केन्द्रीय अधिवेशन सम्पन्न भएपश्चात् केन्द्र प्रदेश अधिवेशनमा सक्रिय भएको छ।  मंगलबारसम्म केन्द्रले लुम्बिनी, कोशी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न गरेको छ। भेलाले लुम्बिनीमा गेहेन्द्र ढकाल, कोशीमा सीता कडरिया, सुदूरपश्चिममा राजुराम सार्की भुल, कर्णालीमा जयशंकर धिताल र गण्डकीमा भीम सुवेदीले अध्यक्षमा अनुमोदन गरेको छ। प्रदेश अध्यक्षहरू केन्द्रले नै मनोनित गर्ने विधानको व्यवस्थाबमोजिम मधेश प्रदेशमा भुपनारायण यादव र बागमती प्रदेशमा सागर अधिकारी प्रदेश अध्यक्षमा चयन भइसकेका छन्। मधेश र बागमती प्रदेशमा भेला हुन बाँकी रहेकाले प्रदेश अध्यक्षको अनुमोदन र प्रदेश पदाधिकारी हेरफेर हुन बाँकी छन्। प्रदेशका भेलाहरूलाई मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष मनहरि तिमिल्सिना लगायत पदाधिकारी र सल्लाहकारहरूले दिशानिर्देश गर्नुभएको थियो। भेलामा प्रदेशमा क्रियाशील कम्युनिस्ट पार्टीका नेताहरूले शुभकामना मन्तव्य दिँदै मार्क्सवादी ज्ञान केन्द्रसँग मिलेर काम गर्न आफूहरू तयार रहेको बताउनुभयो। भेलाले प्रदेशमा कक्षा सञ्चालन,

चौंथो साधारण सभा तथा अधिवेशनका निर्णयहरू सार्वजनिक

Image
काठमाडौँ, १८ भाद्र। मार्क्सवादी ज्ञान केन्द्रको चौंथो साधारणसभा तथा दोस्रो अधिवेशन २०८१ भाद्र १५ गते, शनिबारका दिन सम्पन्न भयो । साधारणसभाद्वारा निर्वाचित केन्द्रीय समितिको प्रथम पूर्ण बैठक भाद्र १७ गते नवनिर्वाचित अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न गरियो । साधारण सभा तथा बैठकले लिएका निर्णयहरू जानकारीका लागि यो परिपत्र सम्प्रेषित गरिएको छ । १. सभामा काठमाडौंमा उपलब्ध साथीहरू भौतिक रूपमा उपस्थित हुनुभयो भने उपत्यका बाहिरका प्रतिनिधि/पर्यवेक्षकहरू भर्चुअल रूपमा (जुम) जोडिनुभयो । अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षता र महासचिव इन्द्रराज भट्टराईको सञ्चालनमा सम्पन्न सभामा करिब १३५ जना साथीहरू सहभागी रहनुभयो । २. कम्युनिस्ट अन्तर्राष्ट्रिय गीतबाट सुरू गरिएको साधारण सभा तथा अधिवेशनमा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता कमरेड प्रमेश हमाल र पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य कमरेड रेखा शर्माले शुभकामना मन्तव्यसहित अधिवेशनलाई दिशानिर्देश गर्नुभयो । सभामा सल्लाहकार समितिका संयोजक डा. निमानन्द रिजाल, सल्लाहकारहरू गोपीरमण उपाध्याय, मणिरत्न श्रेष्ठ, डा. सुर

मार्क्सवादी ज्ञान केन्द्र साझा बौद्धिक मञ्चका रूपमा स्थापित हुँदैछ (प्रतिवेदनको पूर्णपाठ)

Image
 प्रिय प्रतिनिधि/पर्यवेक्षक साथीहरू,  प्रिय प्रतिनिधि/पर्यवेक्षक साथीहरू,  देश र जनताको मुक्ति र परिवर्तनका निम्ति जीवनको बलिदान गर्नुहुने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ, बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानसहित स्मरण गर्दछौँ। राजनीतिक परिवर्तनका निम्ति सञ्चालित विभिन्न सङ्घर्षमा घाइते र अङ्गभङ्ग हुनुभएका योद्धाहरूमा सम्मान, शीघ्र स्वास्थ्य लाभ र दीर्घजीवनको कामना गर्दछौँ। परिवर्तनका निम्ति योगदान गर्नुहुने सम्पूर्ण जनसमुदायमा सम्मान प्रकट गर्दछौँ। र, मार्क्सवादी ज्ञान केन्द्रको स्थापना, विकास, बिस्तार, निरन्तरता र गतिशीलताका पक्षमा विभिन्न ढङ्गले योगदान गर्नुहुने सम्पूर्ण राजनीतिक दल, राजनीतिक नेतृत्व, बुद्धिजीवी, सामाजिक व्यक्तित्व, मार्क्सवादी ज्ञान केन्द्रका विभिन्न जिम्मेवारीमा रहनुभएका साथीहरू, आजीवन सदस्यहरू र समस्त अध्येताहरूमा आभारसहित कृतज्ञता प्रकट गर्दछौँ। अध्ययन संस्कृतिको मुख्य ध्येयका साथ सुरु गरिएको अभियान पाँच वर्ष पूरा गर्दै अगाडि बढिरहेको छ। मार्क्सवादी ज्ञान केन्द्रको विधिवत स्थापना र तत्पश्चात् गरिएका गतिविधि एवं क्रियाकलापले ज्ञान केन्द्र देश