डिस्कोर्समा वक्ताहरूः “शिक्षामा लगानी बढाउँ, ऐन छिटो जारी गरौँ”

मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा नेपाल शिक्षक महासंघको आन्दोलनका सन्दर्भमा “संघीय शिक्षा ऐनः चुनौती र समाधान” विषयक भर्चुअल डिस्कोर्स शनिबार बिहान सम्पन्न भएको छ। भर्चुअल डिस्कोर्समा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सदस्य दीपा शर्मा, नेपाल शिक्षक महासंघका उपाध्यक्ष देवीदत्त पौडेल, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, स्वतन्त्र विद्यार्थी यूनियन पद्मकन्या क्याम्पसका सभापति भूपी ऐर, बाल अधिकार परिषदका उपाध्यक्ष बम बानिया, मार्क्सवादी ज्ञान केन्द्रका वरिष्ठ उपाध्यक्ष इन्द्रराज भट्टराई लगायतले आफ्नो धारणा राख्नुभएको थियो। डिस्कोर्समा बोल्दै पूर्वमन्त्री पोखरेलले आफू शिक्षामन्त्री हुँदा नै आयोग बनाएर माध्यमिक शिक्षा विधेयकको मस्यौदा तयार पारेर प्रधानमन्त्रीलाई बुझाएको स्मरण गर्दै ऐन जारी गर्न आफूहरूले नियमित दवाव सिर्जना गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिलेको प्रधानमन्त्री के...