निबन्ध लेखन प्रतियोगितासम्बन्धी मार्क्सवादी ज्ञान केन्द्रको सूचना

काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रले 'निबन्ध लेखन प्रतियोगिता' आयोजना गर्ने भएको छ। ज्ञान केन्द्रको अनुशासन तथा मूल्याङ्कन विभागले आज एक सूचना प्रकाशित गरेर 'राजनीतिक रूपान्तरणमा अध्ययन संस्कृतिको महत्त्व' शीर्षकमा प्रतियोगिता गर्न लागिएको जानकारी गराएको हो। भर्चुअल निबन्ध लेखन प्रतियोगितामा मार्क्सवादी ज्ञान केन्द्रका आजीवन सदस्य र एसोसियट सदस्यहरूले मात्र सहभागिता जनाउन पाउने छन्। तर, केन्द्रीय पदाधिकारीहरू (अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष), केन्द्रीय सल्लाहकारहरू, अनुशासन तथा मूल्याङ्कन विभागका सदस्यहरूले प्रतियोगितामा भाग लिन नपाउने सूचनामा जनाइएको छ। उक्त प्रतियोगितामा सहभागिता जनाउन ज्ञान केन्द्रले आफ्ना आजीवन सदस्य र एसोसियट सदस्यहरूलाई आह्वान गरेको छ। निबन्ध न्यूनतम १५ सय शब्ददेखि अधिकतम २५ सय शब्दभित्रको हुनुपर्ने, निबन्धमा राजनीतिक रूपान्तरणमा अध्ययन संस्कृतिसम्बन्धी विभिन्न तथ्य, तर्क, विवेचना र निष्कर्ष प्रस्तुत भएको हुनुपर्ने, निबन्धको भाषा सम्पादन र शुद्धाशुद्धि स्वयम् प्रतियोगीले अन्तिम रूप दिई पठाउनुपर...